सिरहा/पुस १० गते । सिरहामा ट्याक्टर अनियन्त्रित भई पल्टेर पोखरीमा पस्दा चालकको मृ त्यु भएको छ ।
सिरहाको विष्णुर गाउँपालिका १ खोरियामा ट्याक्टर अनियन्त्रित भई पल्टेर पोखरीमा पस्दा सिरहाकै कर्जन्हा नपा १० प्रयागपुरका चालक मनोज कुमार महतोको मृ त्यु भएको हो ।
ट्याक्टर पुरै पानिमा छोपिएकाले नम्वर अझै खुल्न नसकेको प्रहरीले बताएको छ । खाली ट्याक्टरमा एक्लै रहेकाले उनी किन यता आयको भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।
श व पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लाने तयारी भईरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साभार स्रोत-गमक पोस्ट बाट

















Discussion about this post