धनुषा/पुस ८ गते । धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट नाम, थर, वतन नखुलेकी मागी खाई हिँड्ने गरेकी अन्दाजी ३० वर्षीया महिलाको बुधबार साँझ मृ त्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै धनुषाकै मिथिला नगरपालिका-७ ढल्केवर सिप्रदी नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृ त्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।





















Discussion about this post