सुरेश राय/सिरहा/मंसिर २५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नपा ९ मुसहर्नियामा डोजरले कि चेर एक बालकको मृ त्यु भएको छ ।
सडक निर्माणकार्यमा चाइना कम्पनीको डोजरले किचेर आज अपरान्ह स्थानीय संदिप मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थको मृ त्यु भएको हो ।
सडक पेटिमै खलिरहेका बालकको डोजर व्याक गर्ने क्रममा कि चेर घटनास्थलमै मृ त्यु भएको स्थानीय सन्तोष साहले जानकारी दिए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र चालक नियन्त्रणमा लिएको जनाएको छ । श व पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगेको जनाएको छ ।

















Discussion about this post