nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बागमती सरसफाई अभियानले सिकाएकाे पाठ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, १:१८ मध्यान्ह
Dhirendra-jnk

धीरेन्द्र कुमार, सरसफाई अभियन्ता

काठमाडौं : नेपालको पहिचान एवम् गरिमा हो, बागमती नदी। बागमती नदीको पवित्रतालाई पुनः स्थापित गर्ने उद्धेश्य अनुरुपकाे एक प्रयास हाे, बागमती साप्ताहिक सरसफाई अभियान। अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाई अभियन्ताको निःस्वार्थ योगदानकाे आज पनि म उच्च सम्मान गर्न चाहन्छु।

आज बागमती सरसफाई अभियानले ७ बर्ष पूरा गरेर ८ औ बर्षमा प्रवेश गरेकाे छ। सफा, सुन्दर एवम् बागमतीको पानी पीउन योग्य नहुन्जेल सरसफाई अभियानको अटूट निरन्तरताकाे लागि शुभकामनासँगै सहकार्यको वाचा गर्दछु। आजको दिन दर्जनाैं सरसफाई अभियान देशभरी चलिरहेकाे छ। तर, बागमती सरसफाई अभियान जस्ताे प्रभावकारी र सबैले मनन गर्ने हुन सकिरहेकाे छैन।

अवकाे आवश्यकता भनेकाे नदीनाला सफा र सुन्दर बनाउने अभियानमा मात्र हामी सिमित हुनु हुँदैन। हामी वरिपरीकाे सबै क्षेत्र फाेहाेर हुन नदिन वैकल्पिक याेजनाकाे आवश्यकता बाेध भइसकेकेा छ।

सरसफाई अभियानप्रति समाजमा विधमान गलत अवधारणाका कारण हामी सत्कर्मबाट चुकिरहेका छाैं। शनिबार मात्र सफाई गर्ने पछिल्लाे परिपाटीलाई परिवर्तन गर्नु अनिवार्य भइसकेकाे छ।

यसैकाे प्रयास स्वरुप सातै दिन विभिन्न समयमा कतै दुई घन्टा त कतै एक घण्टा सरसफाई कार्यक्रमलाई हामीले वीरगञ्जमा सुरु गरेका छाैं। याे सानाे प्रयास भए पनि यसले देश र शहरलाई सफा र सुन्दर बनाउन महत्वपूर्ण याेगदान गरिरहेकाे हाम्राे बुझाई छ। यसका लागि एक जनाकाे मात्र प्रयासले केही हुँदैन। सबैले आ–आफ्नाे क्षेत्रबाट सहयाेग गर्नु अनिवार्य भइसकेकाे छ।

बागमती अभियान दक्षिण एशियामा नेपाललाई पूर्ण सरसफाई युक्त राष्ट्रको श्रेणीमा विश्व पटलमा ल्याउने कार्यकाे थालनी थियाे। तर मेरो व्यक्तिगत जीवनमा सरसफाई अभियानप्रतिको बढ्दाे अभिरुचि र लगावकाे मुख्य प्रेरणा खुल्ला दिशा मुक्त अभियान सिरहा हो।

बागमती सरसफाई अभियान धैरेको लागि प्रेरणा भए पनि मेरो लागि प्रेरणा को श्रोत भएन। तर बागमती सरसफाई अभियानको ‘प्याटन’ ले मलाई ऊर्जा दिएकै हो। बागमती सरसफाईकाे निरन्तरताले सयाैं संघ– संस्थालाई आफ्नाे साझा अभियानमा जाेडेकाे छ।

समाजिक कार्य गर्न पदाधिकारीको जम्बो टोली या कम्तिमा संयोजक नभई नहुने नेपाली मानसिकता तथा पुरानाे परम्परालाई पनि यो अभियानले ताेडेकाे थियाे। बागमती सरसफाई अभियान कुनै व्यक्ति, पदाधिकारी या संस्थाको आदेशमा भएकाे होइन, सामूहिक नेतृत्वमा संचालन भएको हो। बागमतीको सामूहिक नेतृत्व र बिना संस्था दर्ता भएर समाजिक कार्य गर्ने तरिका मलाई खुब मन पर्छ। यसले मलाई ऊर्जा पनि दिएको छ।

अबको दिनमा नदीनालाभित्र सरसफाईको दूरगामी प्रभाव पर्ने निश्चित छ। त्यसैले खोलाभित्रकाे मात्र हाेइन, त्यसकाे वरिपरीकाे सरसफाई अभियानको पनि आवश्यकता हामीले महसुस गरेका छाैं। अभियानमा आधाभन्दा बढ़ी आबादीको सहभागिताको लागि महिला एवम् बालबालिकाको पहलको प्रयास पनि गर्नुपर्ने हुन्छ।

आजको दिनमा नेपाललाई पूर्ण सरसफाई युक्त राष्ट्र बनाउन नदीनाला र खोला सँगै सार्वजनिक स्थल, लब्दप्रतिष्ठित मठ मन्दिर,अस्पताल, जंगलको हाईवे साइड, निकुञ्ज, रेल्वे ट्रयाक क्षेत्र, एयरपोर्ट क्षेत्र, नेपालको प्रवेश द्वार सीमा नाका भन्सार क्षेत्र जस्तो ठाउँमा पनि सरसफाई अभियानको सुरुवात गर्नु जरुरी छ। यसले विभिन्न देशको लागि एउटा उदाहरण र प्रेरणा प्रस्तुत गर्न सक्छ।

अहिलेको समयमा कोरोनाको कारण विश्व महामारीको प्रकोपलाई झेल्दै छ। कोरोनाले मनुष्यलाई व्यक्तिगत सरसफाईप्रति पूर्ण व्यवहारिक ज्ञान दिन सफल भएको छ। आशा गराैं, छिटो हामी कोरोना महामारीकाे युद्धमा सफल हुनेछाैं। र सामान्य जीवनयापन गर्दै विश्वलाई फेरि पनि सफा सुन्दर बनाउने अभियानलाई तीव्र गर्ने अठाेटसहित उभिने छाै।

Tags: सरसफाइ

Discussion about this post

Related Posts

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!