धनुषा/मंसिर २ गते।धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । विहिबार साँझ विदेह नगरपाकिलास्थित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्या न गएको छ भने १८ जना घाइते भएका छन् ।
धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नान गर्न जाँदै गरेकोट्याक्टर आज साँझ धनुषाको विदेह नगरपालिका वडा नं. ७ बेलापट्टी सडक खण्डमा अन्टेस्ट ट्याक्टर पल्टिएको हो ।
दुर्घटनामा परी भारत सितामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादवको उपचारको क्रममा ज्या न भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहिको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post