सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० मुसहर्नियास्थित लोकमार्गमा ओभर स्पिडका कारण अनियन्त्रित भई नेपाल विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा एक बालकको मृ त्यु भएको छ ।

दुर्घटनामा घाइते भएका धनगढीमाई नगरपालिका–१० बस्ने किसनबहादुर तामाङका ११ वर्षीय छोरा नरेशबहादुर तामाङलाई उपचारको लागि लाँदै गर्दा बाटोमा नै मृ त्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गाडीमा सवार नेपाल विद्युत प्राधिकरण हेटौडा, भरतपुर बर्दघाट २२० के.भी. प्रसारण लाइनका आयोजना प्रमुख नरेश कुमार खड्का सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते प्रमुखको छातीमा चोट लागेको प्रहरीले जनाएको छ । मृ तक तामाङको श व लहान अस्पतालमा राखिएको परिवारजनले बताए ।

















Discussion about this post