जनकपुरधाम/कार्तिक २५ गते।धनुषाको महेन्द्रनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृ त्यु भएको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित जनकपुरधाम-ढल्केवर सडक खण्डमा ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोकिँदा एक जनाको मृ त्यु भएको छ ।ठक्करबाट दुबै मोटरसाइकल क्षतविक्षत भएको छ ।
ठक्करबाट मु त्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृ तक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको बताउँदै उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको जानकारी दिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
यता, जनकपुरधामबाट ढल्केवरतर्फ आउँदै गरेको ज ९ प २३५५ नम्बरको मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सिरहको मिर्चैया नगरपालिका वडा नं. ६ का अमित साह, रोशन महतो र राज साह रहेका छन् । त्यसमध्ये गम्भीर चोटपटक लागेका अमितको विराटनगरस्थित नोबेल मेडिकलमा उपचार भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।





















Discussion about this post