रामप्रवेश यादव/बारा/असोज १९ गते।बाराको आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टीमा आजसाझ करिब ६:३० बजे ट्रेक्टरको ठकरबाट एक जनाको घटना स्थलमै ज्यान गएको छ।
बालुवा लोड गरेको ना ६ त ३३९० नम्बर को ट्रेक्टर कोल्हवीबाट हरनहिया जानेक्रममा बिर्ता भन्ने ठाउँ नजिक तामागढी सिम्रौनगढ सडक खण्डमा उक्त दुर्घटना भएको हो।

साईकल स्वार आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टी निवासी शेख ननक मिया को १२ बर्षिय छोरा अब्दुलैश मिया हरनहियाबाट घर आउने क्रममा बिर्ता भन्ने ठाउँ नजिक तामागढी सिम्रौनगढ सडक खण्डमा उक्त दुर्घटना हुदा घटना स्थलमै ज्यान गएको छ।घटना बारे थप अनुसन्धान भईरहेको छ।














Discussion about this post