जकपुरधाम/भदौ ९ गते।धनुषाको तीनकौरिया चोकमा टिपरले किचिएर एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा विदेह नगरपालिका ७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल छन् ।
मंगलबार राति विदेहनगरपालिका ६ तीनकौरिया चोकमा ना २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै ज्यान गएको तनकौरिया प्रहरीचौकीले जनाएको छ ।
प्रहरीका अनुसार मृ त क महिलाको मानसिक अवस्था ठीक थिएन ।
उनको श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post