धनुषा/भदौ ८ गते।पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने धनुषाको मिथला नगरपालिका वडा न. ४ पुष्पलपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीकि एक महिलाको ज्यान गएको छ भने मृतक महिलाको पति घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालकका श्रीमती सप्तरीको राजविराज नगरपालिका-१२ बस्ने २९ वर्षिया ममता यादव छन् । श्रीमान् मोटरसाइकल चालक ३५ वर्षिय द्वारिका प्रसाद यादव घाइते भएको प्रहरीले जनाएको छ ।
आज(मंगलबार) अपराहन्न पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०१-००१प ८५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पछाडि सवार श्रीमती सडकमा लडेपछि विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसले किचिएर उनको घटनास्थलमै ज्यान गएको हो ।
सडकमा रहेको खाल्डोको कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग केहि बेर अवरूद्ध गर्दै टायरबालेर प्रदर्शन गरेका छन् । सो क्रममा मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर प्रहार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
साभार-टुडेपाटी बाट





















Discussion about this post