काठमाडौं/भदौ ४ गते।नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त भएका छन् । सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
२०७७ को जेठ २८ गते केपी ओली नेतृत्वको सरकारले भट्टराइलाई रेल कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गत साउन १९ गते स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
राजनीतिक प्रतिसोश साँध्ने अभिप्रायले आफूसँग स्पष्टिकरण सोधिएको भन्दै जवाफ नदिई उनले पदबाट राजीनामा दिएका थिए ।














Discussion about this post