nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १४, २०८३, १०:०० बिहान
ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

–दिपेश पौडेल

रौतहट । बाराको मध्य तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११ औं शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।

सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । नान्यदेवपछि गंगासिंह देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले यहाँ शासन गरे । इतिहासकारहरू यस काललाई मिथिलाको ‘स्वर्णयुग’ मान्छन्, जहाँ कला, साहित्य र संस्कृतिको अभूतपूर्व विकास भएको थियो ।

सिम्रौनगढ कुनै समय मजबुत किल्लाले घेरिएको आधुनिक नगर थियो । यहाँका प्राचीन मूर्ति र वास्तुले विशिष्ट ‘कर्नाट शैली’ को कला झल्काउँछन् । हालैका उत्खननमा ७०० देखि ८०० वर्ष पुराना ऐतिहासिक इँटा र मध्यकालीन सहरी सभ्यताका अवशेषहरू फेला परेका छन्, जसले यसको प्राचीन अवस्थालाई पुष्टि गर्छ ।

यहाँको कङ्काली माई मन्दिर सबैभन्दा प्रसिद्ध धार्मिक गन्तव्य हो । प्राचीन दरबारका अवशेष र जगत् जङ्गले निर्माण गरेको राम मन्दिरले पर्यटकलाई लोभ्याउन सक्छ । पुरातात्त्विक सम्पदाको खानी भएकाले यसलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न सकिने देखिन्छ ।

वीरगञ्जबाट करिब २८ किलोमिटरको दूरीमा रहेको यो स्थल ऐतिहासिक रूपमा समृद्ध भए पनि हाल उपेक्षित छ । स्थानीय बासिन्दा दीपेन्द्र जयसवालले भने, ‘यस क्षेत्रलाई व्यवस्थित गर्न सके यो मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

ऐतिहासिक क्षेत्रको थप उत्खनन्, जीर्णोद्धार र प्रचारप्रसारका लागि स्थानीय र केन्द्रीय सरकारले विशेष ध्यान दिनु आवश्यक देखिन्छ। सम्पदाहरूको संरक्षण हुन सके सिम्रौनगढले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने निश्चित छ ।

Tags: मधेश

Discussion about this post

Related Posts

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!