nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज १२, २०८३, ५:०० मध्यान्ह
देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

सुनिता साह ( क्रान्ती)

हेटौंडामा २५/२५ गज, वीरगन्जमा २५/२५ मिटर र यही त्रिभुवन राजपथअन्तर्गत कलंकी–त्रिपुरेश्वर सडकखण्डमा १६/१६ मिटरको मापदण्ड लागू हुने अवस्था देखिन्छ। एउटै देश, एउटै कानुनी व्यवस्था र एउटै प्रकृतिको राजमार्गमा यस्ता फरक मापदण्ड किन ? यो प्रश्न अब वीरगन्जवासीको मात्र होइन, राज्यको समान व्यवहार र न्यायिक निष्पक्षतासँग जोडिएको विषय बनेको छ।

वीरगन्जको पथलैयादेखि मितेरी पुलसम्मको पुरानो राजमार्गको सन्दर्भमा २०७२/५/२१ को मन्त्रिपरिषद्को निर्णयबाट राजमार्गको रुट पथलैया–सिर्सिया हुँदै आईसीडी/आईसीपीतर्फ स्थानान्तरण गरिएको दाबी हुँदै आएको छ। त्यस क्षेत्रमा ६ लेनको वैकल्पिक सडक संरचना समेत निर्माण भइसकेको अवस्थामा घना बस्ती र ऐतिहासिक व्यापारिक केन्द्रको बीचबाट पुनः २५/२५ मिटर सडक मापदण्ड लागू गर्न खोज्दा यसको आवश्यकता, औचित्य र नागरिकमाथि पर्ने प्रभावबारे गम्भीर बहस आवश्यक देखिन्छ।

सडक विकास आवश्यक छ। तर विकासको नाममा हजारौं परिवारको घर, व्यवसाय र जीविकोपार्जन नै विस्थापित हुने अवस्था सिर्जना हुन्छ भने विकास र नागरिक अधिकारबीच सन्तुलन कसरी कायम गर्ने ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

वीरगन्ज महानगरपालिकाले २०७५ सालको नगरसभाबाट १५/१५ मिटर राइट अफ वे कायम गरी सडक विस्तारको विकल्प अघि सारेको र २०८३ असारमा सम्बन्धित संघीय निकायमा समेत पत्राचार गरेको बताइएको छ। उक्त प्रस्तावमाथि समयमै निर्णय नहुनु वा पत्र लामो समयसम्म थन्किनु आफैंमा सार्वजनिक चासोको विषय हो।

वीरगन्ज देशको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र हो। त्यसैले यहाँको सडक विस्तारलाई केवल सडकको चौडाइको विषय बनाएर हेर्नुभन्दा व्यापार, नागरिकको सम्पत्ति अधिकार, वैकल्पिक सडक संरचना, शहरी व्यवस्थापन र दीर्घकालीन विकास योजनाका आधारमा निर्णय गरिनुपर्छ।

राज्यको दायित्व विकास गर्नु मात्र होइन, विकासको क्रममा प्रभावित नागरिकलाई पनि न्यायपूर्ण व्यवहार गर्नु हो। त्यसैले वीरगन्जको सडक मापदण्डसम्बन्धी विवादमा कानुनी आधार, विगतका निर्णय, वैकल्पिक मार्ग र नागरिकमा पर्ने वास्तविक प्रभाव सार्वजनिक गरी पारदर्शी रूपमा समाधान खोजिनुपर्छ।

मधेसका नागरिकले पनि अन्य नागरिकसरह समान कानुन, समान व्यवहार र समान न्याय पाउने अवस्था सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व हो।
अब प्रश्न यही हो-
राजमार्ग एउटै हुँदा मापदण्ड फरक किन ?
विकास एउटै देशका लागि हुँदा न्यायको अनुभूति फरक किन ?

Discussion about this post

Related Posts

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि