काठमाडौं, असोज ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली भित्री वस्त्रमा लुकाएर सुन ल्याएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
फ्लाई दुबईको उडान नम्बर FZ573 मार्फत बिहीबार काठमाडौं आएका भारतको केरला स्थायी ठेगाना भएका मोहम्मद चेरा थोडी पक्राउ परेका हुन्।
विमानस्थलमा उनको हाउभाउ तथा गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले शंकाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा ५३५ ग्राम पहेँलो धातु ९सुन० फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सुन भन्सार छली अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुनसहित पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। विमानस्थलबाट हुने सुन तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले यात्रुहरूको गतिविधि तथा शंकास्पद वस्तुमाथि निगरानी बढाउँदै आएको छ।















Discussion about this post