nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ८, २०८३, ११:४२ बिहान
प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

जनकपुरधाम, ८ असाेज । साक्षरतामा निकै पछाडि रहेकाे मधेश प्रदेशलाई साक्षर बनाउने अभियानसहित प्रदेश सरकारले निर्देशिका ल्याएकाे छ । सरकारले प्रदेशलाई चालू आर्थिक वर्षमै साक्षर बनाउने उद्देश्यले “साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३“ ल्याएको हाे ।

प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभित्रका १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकहरूलाई साक्षर बनाएर प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्न भदौ १५ गते मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेकाे हो । आगामी २०८४ असार मसान्तभित्र प्रदेशका सम्पूर्ण निरक्षरताको बक्यौता फर्स्याेट गरी प्रदेशलाई साक्षर बनाउने गर्ने कार्ययोजना सहितकाे निर्देशिका ल्याइएकाे शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले बताएका छन् ।

देशका साताै प्रदेशमध्ये साक्षरता दरका हिसाबले साताै स्थानमा ६३.५ प्रतिशत रहेकाे छ । प्रदेशलाई साक्षर बनाउने उद्देश्य सकारात्मक भए पनि निर्देशिकाका प्राविधिक, व्यावहारिक र नीतिगत व्यवस्थाहरूले कार्यान्वयनमा गम्भीर प्रश्न र कमी–कमजोरी देखिएका छन् ।

निर्देशिकामा थ्रेसहोल्ड, मोडल कक्षा सञ्चालन प्रक्रिया, साक्षरको परिभाषा, मातृभाषालाई मान्यता लगायतका व्यवस्था समेटिएको छ । कूल लक्षित जनसंख्या (१५–६० वर्ष) को न्यूनतम ९५ प्रतिशत साक्षर भएको अवस्थामा मात्रै सम्बन्धित वडा, स्थानीय तह, जिल्ला र प्रदेशलाई क्रमशः साक्षर घोषणा गर्न सकिनेसहितका थ्रेसहोल्डको व्यवस्था गरिएकाे छ ।

सबभन्दा बढी कमजाेरी पक्ष कक्षा १०–१२ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्वयंसेवक सहजकर्ताका रूपमा खटाइने व्यवस्था रहेकाे छ । ’व्यक्ति प्रणाली वा ’समूह प्रणाली’ मार्फत ५ जना विद्यार्थीसम्मलाई दैनिक २ घण्टाका दरले ३० कार्यदिनमा साक्षरता कक्षा पूरा गर्ने योजना छ । ती कक्षा संचालन गैरसरकारी संघसंस्था वा साझेदार संस्थाबाट मात्र सञ्चालन गरिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

नेपाल सरकारले तोकेका १२ वटा साक्षरताका सूचकहरूमध्ये न्यूनतम ६ वटा सूचक मात्र पूरा गरेको अवस्थामा व्यक्तिलाई साक्षर मानिने भनिएको छ भने मातृभाषामा साक्षरता सीप हासिल गरेका व्यक्तिलाई पनि साक्षर सरह गणना गरिने व्यवस्था गरिएको छ । निरक्षर व्यस्कलाई कक्षा १० देखि १२ सम्मका विद्यार्थीले मात्र पढाउने अपरिपक्व मोडलले ती साक्षरताको कतिको गुणस्तरीयता होला भन्नेमा शंका छ ।

आधारभूत लेखपढ, साधारण गणित र १२ मध्ये ६ वटा सूचक हासिल गर्न दैनिक २ घण्टाका दरले ३० कार्यदिन (कूल ६० घण्टा) को समय निकै कम हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साक्षरता मापदण्ड अनुसार वयस्क साक्षरताका लागि कम्तीमा १२० देखि १५० घण्टाको सिकाइ आवश्यक मानिन्छ । ६० घण्टाको द्रुत कक्षाले ’कागजी साक्षर’ मात्र जन्माउने जोखिम उच्च छ ।

निर्देशिकाको अनुसूची–१ मा विनियोजित बजेट खर्च गर्ने शीर्षकहरूमा बैठक भत्ता, प्रचार–प्रसार, गोष्ठी, सम्मेलन, र अनुगमनलाई प्रमुखता दिइएको छ । तर, कक्षा सञ्चालन गर्ने स्वयम्सेवक विद्यार्थीका लागि प्रोत्साहन, सिकाइ सामग्री व्यवस्थापन र दुर्गम क्षेत्रका कक्षा सञ्चालनका लागि ठोस प्रोत्साहन बजेटको स्पष्ट उल्लेख छैन । यसले कार्यक्रम ’प्रशासनिक खर्च र भत्ता’ मा मात्र सीमित रहेको देखिन्छ ।

निर्देशिकाको दफा १६ (च) मा “स्थानीय तहको समग्र ९५ प्रतिशत जनता साक्षर भएमा कुनै वडा साक्षर घोषणा नभएको भएपनि साक्षर स्थानीय तह घोषणा गर्न सकिने“ भन्ने विरोधाभासपूर्ण व्यवस्था गरिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

धनसारमा ईभी र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एकजना गम्भीर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

सांसदहरू संसदमा पूरै समय बस्नुपर्ने गरी रास्वपाले ल्यायो नयाँ निर्देशिका

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि