nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०८३, ४:०४ मध्यान्ह
ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

जनकपुरधाम/असोज ७ गते। प्रशासनिक खर्च घटाउन मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले एकीकृत गरेको डिभिजन कार्यालयहरु सञ्चालन प्रक्रिया अघि बढाइएको छ ।

मन्त्रालयअन्तर्गत छुट्टाछुट्टै रुपमा रहेका विषयगत डिभिजन कार्यालयहरूलाई एकीकृत गरी एउटै सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।

छुट्टाछुट्टै संरचना हुँदा सञ्चालन खर्चिलो र झन्झटिलो बनेको भन्दै मन्त्रालयले जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनलाई गाभेर एकीकृत सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

मधेश प्रदेशका आठवटै जिल्लामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयहरू सञ्चालनमा थिए । खानेपानी तथा सरसफाइ डिभिजनतर्फ चारवटा कार्यालय (सप्तरी, महोत्तरी, सर्लाही र बारा) र भूमिगत जलस्रोत तथा सिँचाइ विकासतर्फ ४ वटा कार्यालय (सिरहा, महोत्तरी, सर्लाही र पर्सा) ले कार्यक्षेत्र बाँडेर छिमेकी जिल्लाहरू समेत हेर्दै आएका थिए ।

मन्त्री जवाहर कुशवाहाले मन्त्रिपरिषदबाट एउटै प्रकृतिका कामका लागि छुट्टाछुट्टै कार्यालय, घरभाडा, सवारी र प्रशासनिक संरचना खडा गर्दा प्रदेश सरकारमाथि थप वित्तीय भार परिरहेको थियो । ऊर्जा, सिँचाइ तथा खानेपानी एकीकरणको निर्णयबमोजिम गरिएको बताएका छन् ।

एउटै प्रकृतिका सेवा प्रवाहका लागि छुट्टाछुट्टै कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य गर्न र प्रदेश सरकारको अनावश्यक प्रशासनिक खर्च कटौती गर्न तीनवटै डिभिजनलाई गाभिएको उनले जानकारी दिएका छन् ।

अब आगामी सातादेखि नै एकीकृत सेवा केन्द्रबाट सेवा प्रवाह सुरु गर्ने गरी मन्त्रालय तयारीको अन्तिम चरणमा पुगेको छ । मन्त्रालयका सचिव होमनाथ पौडेलका अनुसार कार्यालय एकीकरणपछि हरेक जिल्लामा एउटै मुख्य कार्यालय र एउटै कार्यालय प्रमुख (डिभिजन प्रमुख) रहने व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका छुट्टाछुट्टै डिभिजनहरू भने नयाँ एकीकृत कार्यालय अन्तर्गत ’शाखा’ को रूपमा रहनेछन् ।

कर्मचारीहरू खटाइयो

जनकपुरधाममा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ’जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय’ मा परिणत गरिएको छ । जिल्लास्थित एकीकृत डिभिजन कार्यालयहरूको अनुगमन, प्राविधिक सुपरिवेक्षण र नीतिगत निर्देशन अब यही निर्देशनालयमार्फत हुनेछ ।

यसैबीच, कार्यालय एकीकरणसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पछिल्लो निर्णयानुसार मन्त्रालय मातहत कार्यरत १६ जना वरिष्ठ इन्जिनियर (सि.डि.ई. तथा सि.डि.हा.जी.) हरूको व्यापक सरुवा, पदस्थापन तथा फाजिल÷निलम्बन व्यवस्थापन गरिएको छ । एकीकृत कार्यालय अनुसार इन्जिनीयरहरुलाई सरुवा गरी खटाइएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन बाराको दरबन्दी भई मन्त्रालयमा कार्यरत अधिकृत दशौँ तहका (सि.डि.ई.) राम कुमार खङ्ग र मन्त्रालयमै कार्यरत सि.डि.ई. वरुणकुमार कर्णलाई जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय, मधेश प्रदेशमा पदस्थापन गरिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिरहामा कार्यरत सि.डि.ई. सुमनकुमार झालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा ल्याइएको छ । त्यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीका सि.डि.ई. रमण कुमार साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूह (फाजिल) मा पठाइएको छ ।

यस्तै जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिरहा दरबन्दी भई मन्त्रालयमा रहेका सि.डि.ई. हसमत अंसारीलाई मन्त्रालयमै पदस्थापन गरिएको छ भने नयाँ एकीकृत जिल्ला डिभिजन कार्यालयहरूको नेतृत्व सम्हाल्ने गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन धनुषाका सि.डि.ई. श्यामकिशोर साफीलाई ऊर्जा, सिँचाइ तथा खानेपानी डिभिजन महोत्तरीमा पठाइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन महोत्तरीका सि.डि.ई. अरुणलाल कर्णलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन रौतहटमा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन सर्लाहीका सि.डि.ई. श्यामकुमार तिमल्सिनालाई सोही जिल्लाको एकीकृत ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सर्लाहीमा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन रौतहटका सि.डि.ई. भक्त कुमार लाललाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सप्तरीमा र जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका सि.डि.ई. माधव देवलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन पर्सामा पदस्थापन गरिएको छ ।

हाइड्रोजियोलोजी समूह (सि.डि.हा.जी.) तर्फ भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन महोत्तरी दरबन्दी भई मन्त्रालयमा रहेका अधिकृत नवौँ तहका नयन पोखरेललाई मन्त्रालयमै राखिएको छ भने भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन सिरहाका सि.डि.हा.जी. विकास ठाकुरलाई जलस्रोत तथा ऊर्जा विकास निर्देशनालय, मधेश प्रदेशमा सरुवा गरिएको छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन सर्लाहीकी सि.डि.हा.जी. अनुपमा ढकाललाई निलम्बनको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त समूह) मा राखिएको छ भने भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन पर्साका सि.डि.हा.जी. प्रकाश ज्ञवालीलाई भूमिगत जलस्रोत विकास केन्द्र महोत्तरीमा पठाइएको छ ।

यसैगरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका सि.डि.ई. विश्वनाथ प्रसाद यादवलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन सिरहामा र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका सि.डि.ई. संजिव कुमार साहलाई ऊर्जा, सिँचाई तथा खानेपानी डिभिजन बारामा पदस्थापन गरिएको छ । कर्मचारी व्यवस्थापनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयमा रहेका फाजिल तथा अतिरिक्त स्थायी दरबन्दीका कर्मचारीहरूलाई अन्य मन्त्रालय वा निकायमा समायोजन गर्ने तयारी गरेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि