nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०८३, ५:३७ मध्यान्ह
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

काठमाडौं/भदौ १३ गते। काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ जम्मा गर्ने भएको छ। रसुवा भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनका महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७औँ कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो

बाढीग्रस्त क्षेत्रका स्थानीय तहसँग समन्वय गरेर आवश्यकता पहिचान गर्ने जिम्मेवारी पनि विपद व्यवस्थापन समितिलाई प्रदान गरिएको छ।

प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिने रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ।

वैठकमा अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उद्धार कार्य एउटा जोखिम ठाउँबाट सुरक्षित ठाउँमा पुर्‍याउनु मात्र नभइ दैनिक सहज जीवन प्रदानबाट पुनःस्थापना गर्नु पर्ने बताउँदै यस्ता कार्यमा महानगरपालिकाबाट नियमित सहयोग प्रदान हुने बताइन्। ‘बाढीमा जनधन पुगेको क्षति सँगै काठमाडौं बसेर अध्ययन गरिरहेका त्यस क्षेत्रका विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका विरामीहरुको हेरचाहसम्मका काम गर्नुपर्नेछ। यसकारण हामी जहाँ छौँ। जसरी सहयोग गर्न सक्छौँ। त्यसलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भनिन्।

वैठकमा प्रवक्ता नविन मानन्धरले भदौ १० गते बाढी आएका दिन देखि अहिलेसम्म खोज तथा उद्धार र मानवीय सहायताका लागि महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराए। यस्तै विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, भदौ १० गते बसेको महानगर विपद व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा विषयमा जानकारी गराए।

भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेँसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठुलो क्षति गरेपछि त्यसै दिन महानगर विपद व्यवस्थापन समितिको बैठक बसेर संकट व्यवस्थापनमा महानगरपालिकाले गर्ने सहयोग सम्बन्धी विभिन्न निर्णय गरेको थियो। जसअनुसार पहिलो दिन ५ वटा एम्बुलेन्स नुवाकोट पठाइएको थियो। २ वटा एम्बुलेन्स त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ राखिएको छ।

यसरी परिचालन गरिएका एम्बुलेन्सहरुबाट अहिलेसम्ममा १४ जना महिला, १० जना पुरुष र ५ जना बालबालिका सहित २४ जना विरामीलाई अस्पताल पु¥याएको छ। महानगर स्काउटको तर्फवाट १९ जना स्काउटहरु मानवीय सहयोगका लागि विपद् प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। घाइतेहरुको उपचार भइरहेका अस्पतालहरुमा विरामीको उपचारमा सहजीकरण तथा अन्य आवश्यक मानवीय सहयोगका लागि १० जना महानगर प्रहरी खटाइएको छ।

प्रभावित क्षेत्रबाट उद्धार गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित पहेँलो गुम्बामा राखिएका करिव २०० परिवारका लागि १० थान भरिएका ग्याँस सिलिण्डर, १६० थान म्याट, १०० थान व्ल्याङ्केट र पानी लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराइएको छ। यस्तै आपतमा परेका यात्रुहरुको स्थल उद्धारका लागि काठमाडौँ महानगरपालिकादेखि विदुर नगरपालिकासम्म यात्रुवाहक २ वटा निःशुल्क सवारी साधन सञ्चालन गरेको छ।

बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भएका कामका विषयमा र महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले, जोखिम व्यवस्थापनमा प्रहरी बलले गरेका कामका विषयमा जानकारी गराएका थिए।

वैठकमा कार्यपालिका सदस्यहरु बिमलकुमार होडा, चिनीकाजी महर्जन, मचाराजा महर्जन, मीना सुनार र हीरालाल तण्डुकारले प्रस्तावका विषयमा धारणा राख्नुभएको थियो। यस क्रममा तण्डुकारले, यसपछि आफ्नो कार्यकालमा आफूलाई प्राप्त हुने सबै सेवा सुविधा महानगर विपद व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गरे।

वैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी, पेशाकर्मीहरुलाई आफ्नो सामथ्र्य अनुसार विपद व्यवस्थापनमा सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ। यसको व्यवस्थापनका र सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायत कक्ष सञ्चालनमा ल्याइनेछ।

यस्तै बाढी परेका महानगरवासीहरुको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गरी सबै वडा कार्यालयबाट सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

त्रिशूली किनारमा भेटिएको सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि