nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

गिरिजानन्द साह गिरिजानन्द साह
साउन १६, २०८३, १:५७ मध्यान्ह
अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

हैदाराबाद/साउन १६ गते। एटलीको निर्देशनमा बन्न लागेको र अल्लु अर्जुनको मुख्य भूमिका रहेको चलचित्र ‘राका’ देशकै सबैभन्दा महँगो चलचित्रमध्ये एक हुने भएको छ। यसको निर्माण करिब १,००० करोड रुपैयाँको बजेटमा भइरहेको छ।

यतिखेर अर्जुनसहितका सम्पूर्ण कलाकारहरू लामो समयदेखि यस चलचित्रको छायाङ्कनमा व्यस्त छन्। यद्यपि, हाल प्राप्त जानकारीअनुसार चलचित्र निर्माताहरूले यसलाई दुई भागमा प्रदर्शन गर्ने योजना बनाएका छन् किनभने यसको कथावस्तु दुई फरक संसार र कालखण्डमा आधारित छ।

स्रोतहरूलाई उद्धृत गर्दै ‘इन्डिया टुडे’ ले जनाएअनुसार एट्लीले ‘राका’लाई सुरुमा योजना गरिएको भन्दा अझ भव्य चलचित्र बनाउने सोच बनाइएको छ। त्यसैले, उनले यसलाई एकल चलचित्रको सट्टा दुई भागको ‘फ्रेन्चाइज’ का रूपमा विकास गर्ने निर्णय गरेका छन्।

उक्त समाचार अनुसार ‘राका’को कथा दुई भिन्न कालखण्ड र परिवेशमा अघि बढ्नेछ, जसमा एउटा खण्ड प्राचीन वैदिक तथा आदिवासी संस्कृतिमा आधारित हुनेछ भने दोस्रो कालखण्डले आधुनिक युगलाई समेट्नेछ। चलचित्रले यी दुवै समय अवधिलाई जोड्दै कथालाई अघि बढाउनेछ।

यस परियोजनालाई अन्तर्राष्ट्रिय स्तरमा निर्माण गर्न निर्माताहरूले १,००० करोड रुपैयाँको बजेट छुट्याएका छन्। पोस्ट प्रोडक्सनका लागि पर्याप्त समय सुनिश्चित गर्न उनीहरूले यसै वर्षको अन्त्यसम्ममा दुवै चलचित्रको छायांकन पूरा गर्ने लक्ष्य राखेका छन्। लामो समयदेखि यो चलचित्रमा अर्जुनले दुई वा सोभन्दा बढी भूमिकामा अभिनय गर्ने चर्चा चलिरहेको छ, विभिन्न कालखण्डको उल्लेखले यस कुराको पुष्टि गर्छ।

यसैबीच, चलचित्रका मुख्य अभिनेत्रीहरूबारे पनि नयाँ जानकारीहरू बाहिर आएको छ। हालसम्म निर्माताहरूले दीपिका पादुकोणको नाम मात्र आधिकारिक रूपमा घोषणा गरेका छन् तर मृणाल ठाकुर, जाह्नवी कपुर र रश्मिका मन्डन्नाको नाम पनि निरन्तर चर्चामा रहेको छ। विभिन्न रिपोर्टहरूका अनुसार मृणालले आधुनिक समयको कथावस्तुमा मुख्य भूमिका निभाउने छिन् तर दीपिका, जान्हवी र रश्मिकाले निर्वाह गर्ने पात्रहरू प्राचीन कालका हुनेछन्। सुरुवाती रिपोर्टहरूमा रश्मिकाले यस चलचित्रमा खलनायकको भूमिका निभाउने बताइएको थियो तर निर्माताहरूले यसको अझै पुष्टि गरिसकेका छैनन्।

शाहरुख खानले पनि यसमा छोटो भूमिका (क्यामियो) निभाउने चर्चा छ। स्रोतका अनुसार उनको दृश्यको छायांकन अझै बाँकी छ, छायांकनका लागि एट्ली विदेश जाने छन्। शाहरुखले ‘जवान’ चलचित्रको आफ्नो अवतारमै क्यामियो भूमिकामा देखिने अनुमान गरिएको छ। एटलीले नै दुवै चलचित्रको निर्देशन गरेकाले यो सम्भावनालाई नकार्न सकिँदैन, विशेष गरी उनले ‘जवान’मा अर्जुनका लागि एउटा ‘क्यामियो’को योजना बनाएका थिए भन्ने कुरालाई विचार गर्दा खेरी यो सम्भवः नहोला भन्न सकिन्न। तर, त्यस समयमा अर्जुन ‘पुष्पा २’ को छायाङ्कनमा व्यस्त थिए र ‘जवान’का लागि समय निकाल्न सकेनन्। यदि शाहरुख र अर्जुन ‘राका’का लागि सँगै आए भने, यसले बक्स अफिसमा पक्कै पनि तहल्का मच्चाउने पक्कै नै छ। चलचित्रको कुरा गर्दा निर्माताहरूले यसलाई सन् २०२७ को डिसेम्बरमा प्रदर्शन गर्ने योजना बनाइरहेको चर्चा छ।

 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि