सिरहा/साउन १४ गते । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
घटनापछि आफन्तले दिनभर शव सडकमै राखेर प्रदर्शन गरेका थिए। साँझ प्रहरीले शव भ्यानमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकृतले जानकारी दिए।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका करिब १८ वर्षीय गणेश यादवको उपचारअघि नै मृत्यु भएको थियो।
घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई बाक्लो रूपमा परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post