nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

धुलिखेलमा सम्पन्न प्रशिक्षणमा ६० भन्दा बढी लियो तथा लायन्स सदस्य सहभागी, नेतृत्व, वित्तीय व्यवस्थापन र क्लब सञ्चालनबारे विशेषज्ञद्वारा प्रशिक्षण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १२, २०८३, १:१० मध्यान्ह
लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

काठमाडौ/साउन १२ गते । लियो जिल्ला परिषद् ३२५ एफ नेपालको आयोजनामा दुईदिने ‘बोर्ड स्कुलिङ, क्लब पीभीएसटीएम एण्ड युथ लिडर्स ट्रेनिङ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल सनराइज रिसोर्टमा जुलाई २५ र २६ गते आयोजित प्रशिक्षणमा देशभरका ६० भन्दा बढी लियो तथा लायन्स सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रम लियो जिल्ला परिषद् ३२५ एफ नेपाल २०२६/२७ का जिल्ला अध्यक्ष लियो आकाश साहको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफ नेपालका जिल्ला गभर्नर लायन्स अजय प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन सत्रमा अध्यक्ष आकाश साहले सहभागी सम्पूर्ण लियो तथा लायन्स सदस्यलाई स्वागत गर्दै खादा, माला र प्रशंसापत्रद्वारा सम्मान गरेका थिए। उनले आफूलाई जिल्ला अध्यक्षको जिम्मेवारीसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण लियो तथा लायन्स परिवारप्रति आभार व्यक्त गर्दै नेतृत्व विकास र सेवा भावनालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला लियो क्लब चेयरपर्सन एवं पूर्व जिल्ला गभर्नर फोरम नेपालका अध्यक्ष लायन्स मधुकर उपाध्यायले लियो क्लबको इतिहास, स्थापना, उद्देश्य, मूल्य–मान्यता तथा संगठनात्मक भूमिकाबारे प्रशिक्षण दिएका थिए। त्यस्तै लायन्स रामहरि फुयाँलले डिजिटल नेतृत्व र आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा लायन्स रविन्द्र रिमालले क्लबको वार्षिक प्रतिवेदन, बजेट निर्माण, वित्तीय योजना तथा क्लब सञ्चालनका लागि आवश्यक व्यवस्थापन प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। दोस्रो दिन लायन्स सन्तोष राईले वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, स्पोन्सरसिप व्यवस्थापन तथा वित्तीय पारदर्शिताका विषयमा सहजीकरण गरेका थिए।

दोस्रो दिनको अन्तिम सत्रमा लियो आकाश दाहालले लियो क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा विभिन्न समितिका पदाधिकारीहरूको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा निवर्तमान जिल्ला अध्यक्ष लियो आकृति न्यौपाने, लायन्स मनोज सापकोटा, लायन्स किशोर भक्त श्रेष्ठ, लायन्स रविन्द्र रिमाल लगायत जिल्ला सल्लाहकारहरू लायन्स प्रणिता शर्मा बराल, लायन्स भुवन प्रसाद नेपाल, लायन्स इन्द्रबहादुर कार्की, लायन्स डा. सुवासकुमार घिमिरे, लायन्स उद्धवबहादुर महरा, लायन्स जीवनाथ खतिवडा, लायन्स सुमन सिंह थापा, लायन्स प्रज्वलन भट्टराई, लायन्स सन्तोष यादव तथा लियो श्रेयास पौडेलको उपस्थिति रहेको थियो।

समापन समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेसनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट (लायन्स वर्ष २०००/०१) लायन्स पूर्ण प्रसाद पालनचौकी रहेका थिए भने विशेष अतिथिका रूपमा लियो श्रेयास पौडेल सहभागी भएका थिए।

यसैगरी जिल्ला कोषाध्यक्ष लियो लायन्स निराजन कुशवाहा, रिजन मिथिला चेयरपर्सन लियो लायन्स दीपेश कुमार सिंह, एरिया कोर्डिनेटर लियो राज साह, डिस्ट्रिक्ट स्ट्राटेजी डाइरेक्टर लियो विकास साह, रिजन स्वयम्भूनाथ चेयरपर्सन लियो सुजय श्रेष्ठ तथा कमिटी डाइरेक्टर लियो रजनीश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रशिक्षणले सहभागीहरूमा नेतृत्व क्षमता, संगठन सञ्चालन, वित्तीय अनुशासन तथा सेवा भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। लियो अभियानलाई अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको प्रशिक्षणले सदस्यहरूबीच सहकार्य, एकता र नेतृत्व विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सञ्चालक तथा लियो जिल्ला परिषद् ३२५ एफ नेपालका जिल्ला सचिव लकेश अधिकारीका अनुसार ‘Service Above Self’ (स्वार्थभन्दा माथि सेवा) भन्ने मूल नारालाई आत्मसात् गर्दै सम्पन्न भएको यस प्रशिक्षणले आगामी दिनमा लियो क्लबहरूको गतिविधिलाई अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Tags: लियो क्लब

Discussion about this post

Related Posts

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

जनकपुरधाममा आयोजित मधेश मानव अधिकार सम्मेलनबाट १५ बुँदे घोषणापत्र जारी

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

‘ओ माइ डग’ को रिलिज मिति परिवर्तन

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

नेप्से सीईओका लागि खुल्यो आवेदन, १५ दिनभित्र दरखास्त दिनुपर्ने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

पञ्चकन्या माई हाइड्रोपावरका १०.६४ लाखभन्दा बढी शेयर बिक्री गरिने

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख संस्थापक सेयर बिक्रीमा

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

हलिउडमा भन्दा पहिला नेपालमा प्रदर्शन हुनेछ स्पाइडर म्यानः४

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

फिफा अध्यक्षको आरोपः विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!