मुम्बई/साउन १२ गते। ‘ओ माइ गड २’ का निर्देशक अमित राईको नयाँ चलचित्र ‘ओ माइ डग’ सुरुमा यसै साता अर्थात् जुलाई ३१ मा प्रदर्शन हुने तय गरिएको थियो।
तर, निर्माताहरूले सोमबार घोषणा गरे अनुसार पंकज त्रिपाठी अभिनित यो चलचित्र अब सन् २०२६ को अगस्ट ७ मा मात्रै प्रदर्शन हुने भएको छ ।
द इन्डियन एक्सप्रेससँग कुरा गर्दै अमित राईले यसको कारणबारे बताए। उनले भने, ‘हामीले व्यावहारिक निर्णय लियौं किनभने ‘स्पाइडर म्यान ४’ को प्रदर्शनले उपलब्ध स्क्रिन को संख्यामा असर पार्नेछ। ‘द ओडिसी’ले हलहरू ओगटिसकेको छ र ‘धमाल ४’पनि चलिरहेको छ। हाम्रो चलचित्र पारिवारिक दर्शकलाई लक्षित गरिएको हो, त्यसैले प्रदर्शनका लागि आवश्यक पर्दाको संख्यालाई ध्यानमा राखेर हामीले यो निर्णय गरेका हौं।’
उनका अनुसार यसैसाता भारतमा ठुला चलचित्र लाग्ने र लागिरहेकाले फिल्लमा असर परेकाले ‘पोष्टपेन्ड’ गरिएको हो ।















Discussion about this post