nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ९, २०८३, ४:४८ मध्यान्ह
श्री हरि मानव कल्याण मञ्चद्वारा आकस्मिक रक्तदान शिविर सम्पन्न, नियमित रक्तदान गर्न सभामुख यादवको आग्रह

जनकपुरधाम/साउन ९ गते। मधेश प्रदेशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले श्री हरि मानव कल्याण मञ्चको आयोजनामा हरिशयनी एकादशीको पावन अवसरमा शनिबार जनकपुरधामको ऐतिहासिक जनक चोकमा आकस्मिक रक्तदान शिविर सम्पन्न भएको छ।

मञ्चका अध्यक्ष तथा पत्रकार दीपक श्रेष्ठ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि तथा प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रका प्रदेश प्रमुख डा. महारुद्र ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख रामआशिष यादवले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक अभियानको रूपमा व्याख्या गर्दै स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। उनले “रक्तदानभन्दा ठूलो मानव सेवा अर्को हुन सक्दैन। हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ। समाजमा रक्तदानको संस्कार विकास गर्नु आजको आवश्यकता हो,” भन्दै सेवामूलक अभियान सञ्चालन गरेकोमा आयोजक संस्थाको प्रशंसा गरे। साथै, प्रदेश सरकारले यस्ता मानवीय सेवासम्बन्धी अभियानलाई सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि डा. महारुद्र ठाकुरले अस्पतालहरूमा रगतको माग निरन्तर बढिरहेको उल्लेख गर्दै समयमै रगत उपलब्ध नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने बताए। उनले रक्तदान पूर्ण रूपमा सुरक्षित, वैज्ञानिक तथा स्वास्थ्यका दृष्टिले समेत लाभदायी रहेको स्पष्ट पार्दै भ्रम त्यागेर सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।

कार्यक्रमका अन्य वक्ताहरूले पनि मधेश प्रदेशमा बढ्दो रगत अभावप्रति चिन्ता व्यक्त गर्दै रक्तदानलाई सामाजिक उत्तरदायित्व, मानवीय सेवा र जीवन बचाउने महान् कार्यका रूपमा व्याख्या गरे। उनीहरूले विशेषगरी युवाहरूलाई नियमित रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।

कार्यक्रमका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले “मानव सेवा नै साँचो धर्म हो” भन्ने मूल भावनाअनुसार आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य सेवा तथा अन्य जनकल्याणकारी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। रगतको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियानलाई अझ प्रभावकारी बनाइने उनले बताए।

आयोजकका अनुसार शिविरबाट संकलित रगत प्रदेशका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार उपलब्ध गराइनेछ। साथै, श्री हरि मानव कल्याण मञ्चले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा नागरिक अभियन्ता सुरेश प्रसाद रोहिता, जनकपुरधाम उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामचन्द्र साह, राष्ट्रिय सरसफाइ अभियन्ता धिरेन्द्र कुमार साह, सामाजिक अभियन्ता दीपु ठाकुर, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, युवा तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

भगवान श्रीकृष्णको सबैभन्दा पुरानो मुर्ति नारायणहिटीमा

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि