nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८३, ५:३८ मध्यान्ह
रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

सञ्जय मिश्रा रौतहट/साउन ६ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, शान्ति–सुरक्षा, राजस्व संकलन तथा सेवा प्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

सिडियो दिनेश सागर भुसालका अनुसार कार्यालयले एक वर्षमा हजारौं सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन विभिन्न सुधारात्मक कदमसमेत अघि बढाएको छ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षभर १२ हजार २७२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यस्तै ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता, ८ जनाले गैरआवासीय नेपाली नागरिकता तथा ८ जनाले बाबुको पहिचान नखुलेपछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।

राहदानी सेवातर्फ ८ हजार ६०७ जनाले राहदानी लिएका छन् भने २३१ जनाले हुलाकमार्फत राहदानी प्राप्त गरेका छन्। कार्यालयले ८ हजार १७९ जनाको राहदानी सिफारिस गरेको छ भने २५ जनालाई द्रुत सेवा उपलब्ध गराइएको छ।

राष्ट्रिय परिचयपत्रतर्फ ३२ हजार ९९० जनाको दर्ता भएको छ भने २ हजार ६२५ जनालाई परिचयपत्र वितरण गरिएको छ। यस अवधिमा ७ हजार ८०९ जनालाई निःशुल्क सिफारिस, ८ हजार १७९ जनाको निःशुल्क राहदानी फाराम भरिएको, १२९ नाबालक परिचयपत्र जारी गरिएको तथा ३ हजार १३२ विभिन्न सिफारिस तथा प्रमाणित सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।

प्रशासनले १ हजार २५३ वटा ठाडो उजुरी दर्ता गरी सम्बोधन गरेको छ। यस अवधिमा अभद्र व्यवहारका २४०, जुवा सम्बन्धी २, बीमा तथा क्षतिपूर्ति सम्बन्धी ४१ वटा सेवा प्रवाह भएका छन्। यस्तै २१४ हातहतियार नवीकरण, १ नामसारी, १ लगतकट्टा, २० संस्था दर्ता तथा २७२ संस्था नवीकरण गरिएको छ।

राजस्व संकलनतर्फ राहदानी शुल्कबाट मात्रै ५ करोड ८१ लाख ८ हजार रुपैयाँ संकलन भएको छ। हातहतियार इजाजतपत्र दस्तुरबाट ९ लाख २२ हजार २५० रुपैयाँ, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट ५ लाख ७१ हजार ६ सय रुपैयाँ, कम्पनी दर्ता दस्तुरबाट ३ लाख १७ हजार ३ सय रुपैयाँ, परीक्षा शुल्कबाट १३ हजार ३ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार रुपैयाँ तथा अन्य राजस्व शीर्षकबाट १२ हजार रुपैयाँ संकलन भएको छ।

कार्यालयको आर्थिक विवरणअनुसार आर्थिक वर्षमा ३ करोड ३५ लाख ५६ हजार २८२ रुपैयाँ आम्दानी भएको छ भने ३ करोड ९ लाख २४ हजार ९३१ रुपैयाँ खर्च भएको छ। बाँकी रकम बैंक मौज्दात रहेको प्रशासनले जनाएको छ।

शान्ति–सुरक्षा व्यवस्थापनअन्तर्गत प्रशासनले ३ पटक अन्तर्राष्ट्रिय सीमा जोडिएको जिल्लाका लागी समकक्षी बैठक, जिल्ला स्थित कार्यकाल प्रमुखहरुको बैठक १२ पटक,३ पटक कारागार निरीक्षण, ६० पटक जिल्ला सुरक्षा समिति बैठक, २४ पटक सुरक्षा निकायको निरीक्षण तथा स्थानीय तहमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी ६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सरकारी कार्यालय निरीक्षण १३ पटक, अनुगमन २५ पटक, राजमार्ग सडक अवरुद्ध रहित सञ्चालन गर्न कार्ययोजना र रोस्ट निर्माण गरिएको, स्वीकृत भई कार्वान्यनमा रहेको छ।

यस अवधिमा प्रशासनले २ थान पेस्तोल, २ थान कटुवा बन्दुक, १ थान १२ बोर दुईनाले बन्दुक र १३ थान गोली नियन्त्रणमा लिएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणालीमार्फत ‘फर्स्ट कम, फर्स्ट सर्भिस’ सेवा, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन प्रणाली, शुद्ध तथा चिसो खानेपानी, कुलर, पंखा, प्रतीक्षालयमा टेलिभिजन, हुलाक टिकट सेवा, कार्यालय अभिलेखको डिजिटाइजेसन, म्भ्इऋ व्यवस्थापन सुदृढीकरण, एकद्वार सेवा प्रणाली, माइकिङमार्फत सूचना प्रवाह तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरेको जनाएको छ।

त्यसैगरी हिन्दु–मुस्लिम समुदायबीच सद्भाव कायम राख्न धार्मिक सद्भाव समितिलाई सक्रिय बनाइएको, स्थानीय तहको मागअनुसार सार्वजनिक अतिक्रमण हटाउने व्यवस्था गरिएको तथा विपद् व्यवस्थापनमा सरोकारवालाको जिम्मेवारी स्पष्ट गरिएको सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

मेन्युमा कमिला राख्ने कोरियाली रेष्टुरेन्ट संञ्चालकलाई एक बर्षको जेल सजायँको माग

बीपीको विचारलाई वर्तमान राजनीतिसँग जोड्ने कांग्रेसको प्रयास : रौतहटमा ‘नवीन संकल्प’ सहित जरा अभियान समापन

बीपीको विचारलाई वर्तमान राजनीतिसँग जोड्ने कांग्रेसको प्रयास : रौतहटमा ‘नवीन संकल्प’ सहित जरा अभियान समापन

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौंमा हस्तकला ग्राम स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्दता

काठमाडौंमा हस्तकला ग्राम स्थापना गर्ने प्रधानमन्त्रीको प्रतिबद्दता

मापसे गरेर सवारी चलाउनेलाई अनौठो सजायः ३० दिन प्रहरी कार्यालयमा झाडु लगाउनु पर्ने

मापसे गरेर सवारी चलाउनेलाई अनौठो सजायः ३० दिन प्रहरी कार्यालयमा झाडु लगाउनु पर्ने

मिटरब्याजका फर्जी लिखतहरू आजैबाट अवैध घोषणा हुने

मिटरब्याजका फर्जी लिखतहरू आजैबाट अवैध घोषणा हुने

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १२ सय ५० मेट्रिक टन डीएपी आइपुग्यो

रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १२ सय ५० मेट्रिक टन डीएपी आइपुग्यो

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने मन्त्रीपरिषदको निर्णय

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने मन्त्रीपरिषदको निर्णय

भारत–नेपाल रेल सम्पर्कमा नयाँ अध्याय : रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुनेस

भारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्यायः रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!