nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३२, २०८३, ६:५२ मध्यान्ह
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सञ्जय मिश्रा/रौतहट/असार ३२ गते। सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको उखु किसान संघ रौतहटले सात दिनभित्र भुक्तानी प्रक्रिया अघि बढाउने सहमतिपछि आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा तथा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको अध्यक्षतामा भएको छलफलपछि यस्तो सहमति भएको हो। छलफलमा उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवसहित किसान प्रतिनिधिहरू सहभागी थिए।

बैठकले उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि ९संशोधन०, २०७५ अनुसार योग्यता पुगेका किसानलाई अनुदान उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सबै स्थानीय तहले सात दिनभित्र किसानको विवरण र आवश्यक कागजात सम्बन्धित निकायमा बुझाउने तथा रुजु प्रक्रिया पूरा भएपछि नियमानुसार अनुदान भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्णयमा किसानको विवरण संकलनलाई प्रभावकारी बनाउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखालाई सक्रिय रूपमा परिचालन गर्ने तथा प्रक्रिया छिटो सम्पन्न गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।

उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले किसानको अनुदान रकम सुरक्षित रहेको र आवश्यक कागजात पूरा हुनेबित्तिकै भुक्तानी प्रक्रिया सुरु गर्ने प्रशासनसँग सहमति भएको बताए। सोही सहमतिका आधारमा हालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार उखुको प्रमाणीकरण सम्बन्धित चिनी उद्योग ९मिल० ले गर्ने र किसानको प्रमाणीकरण स्थानीय तहबाट हुने व्यवस्था गरिएको छ। आवश्यक कागजात पूरा भएपछि अनुदान भुक्तानी समितिले प्रक्रिया अघि बढाउने र एक साताभित्र किसानको बैंक खातामै रकम जम्मा हुने गरी तयारी गरिएको उनले बताए।

यसअघि प्रशासनिक ढिलाइका कारण करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम फ्रिज भएको थियो। माथिल्लो निकायसँग समन्वय गरी उक्त रकम पुनः उपलब्ध गराउने आश्वासन प्राप्त भएको उखु उत्पादक संघले जनाएको छ।

अनुदान वितरण प्रक्रियामा भएको ढिलाइ र सहायक प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै किसान आन्दोलनमा उत्रिएका थिए। बुधबार साँझ गरुडा–झाँझ पुल क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै गौर–चन्द्रपुर मुख्य सडक करिब चार घण्टा अवरुद्ध गरेका किसानले प्रशासनसँग सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन्।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!