nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३१, २०८३, १०:०७ मध्यान्ह
जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरधाम/असार ३१ गते। जनकपुरधाममा मधेश प्रदेशका विभिन्न जिल्लाका युवाहरूले आफ्ना व्यक्तिगत स्मृति, पहिचान, पुख्र्यौली विरासत र समुदायका नसुनिएका कथालाई सिर्जनात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने उद्देश्यले सातदिने कथाकथन कार्यशालामा सहभागिता जनाएका छन्।

शान्ता फाउन्डेशनको आयोजनामा जनकपुरस्थित कल्चरल भिलेजमा असार २६ गतेदेखि सञ्चालन भइरहेको कार्यशालामा १८ देखि ३५ वर्ष उमेर समूहका १५ जना युवाको सहभागिता रहेको छ। युरोपेली संघको सहयोगमा सञ्चालित ‘परिवर्तनको आवाजः सिर्जनशीलता, पहिचान र अभियानमार्फत भविष्य निर्माण’ परियोजनाअन्तर्गत आयोजना गरिएको कार्यशाला शान्ता फाउन्डेशन, एफसीए नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको साझेदारीमा सञ्चालन भइरहेको हो।

कार्यशालामा दलित, महिला, मधेशी, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका युवाले आफ्ना अनुभव, संघर्ष र समुदायका नसुनिएका कथालाई लेखन, चित्रकला र कथावाचनमार्फत अभिव्यक्त गरिरहेका छन्।

लेखक मुना गुरुङ र कलाकार लवकान्त चौधरीले सहजीकरण गरिरहेको कार्यशालामा सहभागीलाई कथा लेखन, कथन र सिर्जनात्मक अभिव्यक्तिका विभिन्न विधिबारे प्रशिक्षण दिइएको छ। व्यक्तिगत अनुभवलाई अर्थपूर्ण कथामा रूपान्तरण गर्ने, फरक आवाजलाई सम्मान गर्ने तथा व्यक्तिगत कथालाई सामाजिक सन्दर्भसँग जोड्ने अभ्यास गराइएको आयोजकले जनाएको छ।

कार्यशालाका क्रममा वातावरण संरक्षणकर्मी तथा सांस्कृतिक अभियन्ता देव नारायण मण्डल र लेखक एवं समालोचक नित्यानन्द मण्डलले अतिथि वक्ताका रूपमा सहभागीहरूसँग संवाद गरेका छन्। उनीहरूले समुदायका मौखिक इतिहास, सांस्कृतिक सम्पदा, सामाजिक न्याय, संरचनात्मक विभेद र समुदायको सशक्तीकरणका विषयमा अनुभव साझा गर्दै युवाहरूलाई आफ्ना कथामार्फत परिवर्तनको बहस अघि बढाउन प्रेरित गरेका छन्।

कार्यशालाको पहिलो दिन सहभागीहरूले ‘मेरो नाम पछाडिको कथा’ र ‘बाल्यकालको घरको नक्सा’ जस्ता अभ्यासमार्फत आफ्ना स्मृति र पहिचानको खोजी गरेका थिए। त्यसपछि समुदाय, पुख्र्यौली ज्ञान, दृश्य कथन, तस्बिर र शब्दबीचको सम्बन्ध तथा सामाजिक यथार्थसँग जोडिएका विषयमा विभिन्न सिर्जनात्मक अभ्यास सञ्चालन गरिएको थियो।

चौथो दिन सहभागीहरूले जनकपुर नारी विकास केन्द्रको भ्रमण गरी मिथिला चित्रकला, स्थानीय मौखिक इतिहास र परम्परागत ज्ञानबारे जानकारी लिँदै सामूहिक रूपमा मिथिला चित्रसमेत निर्माण गरेका थिए। पाँचौँ दिन परम्परागत वाद्ययन्त्र ‘पिलारु’ मार्फत संगीत, संस्कृति र स्मृतिबीचको सम्बन्धबारे छलफल गरिएको थियो भने छैटौँ दिन सहभागीहरूले आफ्ना कथालाई अन्तिम रूप दिएका छन्।

कार्यशालाको अन्तिम दिन साउन १ गते ‘साधना उत्सव’ आयोजना गरिनेछ। उत्सवमा सहभागीहरूले आफ्ना हस्तनिर्मित डायरी, कविता, चित्रकला तथा डिजिटल कथाहरू सार्वजनिक रूपमा प्रस्तुत गर्दै आफ्नो सिर्जनात्मक यात्रा साझा गर्ने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार कार्यशालाले युवाहरूलाई कथा लेखन र कथनको सीप विकास गर्नुका साथै आफ्ना व्यक्तिगत अनुभव, सामाजिक भोगाइ र समुदायसँग जोडिएका विषयलाई सिर्जनात्मक रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ। यसमार्फत मधेशका विविध समुदायका युवाबीच समावेशी संवाद र सामाजिक परिवर्तनको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!