जनकपुरधाम/असार ३० गते। लायन्स क्लबको नयाँ क्लब लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको चार्टर समारोह जनकपुरधाममा सम्पन्न भएको छ। सो अवसरमा क्लबको नयाँ कार्यसमिति समेत चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विकास कुमार साह चयन भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा लक्ष्मण साह, द्वितीय उपाध्यक्षमा विकाश कुमार चौधरी, सचिवमा विष्णु कुमार साह तथा कोषाध्यक्षमा दिपेश कुमार सिंह,सह सचिवमा मनोज साह,सह कोषाध्यक्षमा शत्रोहन साह चयन भएका छन्।
यसैगरी क्लबको मेम्बरसीप चेयरपर्सनमा विकास साह, मार्केटिङ चेयरपर्सनमा अमित साह, एलसीआईएफ कोर्डिनेटरमा डा. ऋषिकेश प्रताप साह, सर्भिस चेयरपर्सनमा निराजन कुमार कुशवाहा चयन भएका छन्।
क्लबका निर्देशकहरूमा ऋतिक सिंह, जयन्त कदमिया र शिवेन्द्र साह चयन भएका छन्। साथै राम बाबु गुप्ता र ऋषिकेश साह ले क्लबका गाइडिङ लायन (Guiding Lion) को जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै इक्स्टेनशन चेयरपर्सन पास्ट डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय र डिस्ट्रिक्ट जीईटी कोर्डिनेटर मनिष रमण साह चयन भएका छ्न।
चार्टर समारोहमा लायन्स अभियानलाई समाजसेवा, नेतृत्व विकास तथा मानवीय सेवाको प्रभावकारी माध्यम बनाउँदै जनकपुरधाममा सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा लायन्सका पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि, समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै क्लबले आगामी दिनमा समुदायमुखी सेवा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।















Discussion about this post