मुम्बई/असार २९ गते । ऋतिक रोशनका प्रशंसकहरूका लागि एउटा ठूलो र उत्साहजनक खबर आएको छ।
भेराइटी इन्डियाका अनुसार ‘छावा’ चलचित्रका लागि परिचित निर्देशक लक्ष्मण उतेकरले ऋतिक रोशनसँग नयाँ फिल्म बनाउने भएका छन ।
समाचार अनुसार ऋतिक रोशनलाई निर्देशक उतेकरले सो प्रस्ताव गरिसकेका छन् । समाचार अनुसार उत्तेकरले आफनो नयाँ चलचित्रमा ऋतिकलाई आफ्नो आगामी चलचित्रमा अभिनयको प्रस्ताव राखेका छन्।
चलचित्रको विषयवस्तुबारे विस्तृत जानकारी अझै सार्वजनिक नभए पनि उतेकरको ‘छावा’ र उनको अर्को परियोजना ‘इथा’को भव्यतालाई हेर्दा ऋतिकसँग मिलेर उनले बनाउने चलचित्र पनि निकै भव्य हुने अनुमान गर्न सकिन्छ।
हाल ऋतिक ‘कृष ४’को पूर्व निर्माण कार्यमा व्यस्त रहेका छन् र उनले यस नयाँ प्रस्तावबारे अझै कुनै प्रतिक्रिया भने दिएका छैनन्। यद्दपी, कृष ४ पछि उनी छावा निर्देशकसँग नयाँ फिल्ममा काम गर्नका लागि भने उत्सुक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।














Discussion about this post