nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटको कटहरिया नगरसभाबाट बजेट पारित

गिरिजानन्द साह गिरिजानन्द साह
असार २३, २०८३, ६:१२ मध्यान्ह
रौतहटको कटहरिया नगरसभाबाट बजेट पारित

सञ्जय मिश्रा/रौतहट/असार २३ गते। रौतहटको कटहरिया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट पारित गरेको छ। तर बजेट पारित भएसँगै नगरसभा भने विवादमा तानिएको छ। बजेट वितरणमा विभेद गरिएको आरोप लगाउँदै ५ जना वडा अध्यक्षले नगरसभा बहिष्कार गर्दै विरोध प्रदर्शन गरेका छन्।

सोमबार सम्पन्न १२ औँ नगरसभा तथा १० औँ बजेट अधिवेशनमा नगर प्रमुख अजय प्रकाश जैसवालले चालुतर्फ ३३ करोड ८८ लाख ७२ हजार रुपैयाँ र पुँजीगततर्फ १४ करोड ८८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरेका थिए। ‘जनमुखी स्थानीय सरकारको विकास, समृद्धिको आधार’ भन्ने नारासहित आयोजित नगरसभाले नीति, कार्यक्रम र बजेट पारित गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) रामविनय कुमार सिंहका अनुसार कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कानुनी समय सीमाभित्र नगरसभा गर्न नसकिएको र सोमबार मात्र सम्पन्न गरिएको उनले बताए।
तर नगरसभा चलिरहेकै बेला वडा नं १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं २ का अध्यक्ष हरेन्द्र साह, वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं ६ का अध्यक्ष जयराम चौधरी र वडा नं ९ का अध्यक्ष रुपेश यादवले बैठक बहिष्कार गर्दै नगरपालिकाको मूल गेटमा धर्ना दिएका थिए। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभा बदर गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन्।

वडा अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जैसवालले पाँच वडामाथि योजनाबद्ध रूपमा विभेद गरेको आरोप लगाए। उनका अनुसार पाँच वडाको विकास बजेट कटौती गरी करार कर्मचारीको तलबका नाममा रकम विनियोजन गरिएको देखाइए पनि त्यसमा अनियमितता भएको छ। बहिष्कारमा सहभागी वडा अध्यक्षहरूको दाबी अनुसार पाँच वडाका लागि विकास बजेट शून्य बनाइएको छ भने बाँकी चार वडामा करिब ९०/९० लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ। उनीहरूले यस्तो निर्णय पक्षपातपूर्ण रहेको आरोप लगाउँदै नगरसभा स्वीकार नगर्ने र कानुनी उपचारका लागि अदालत जाने चेतावनी दिएका छन्।

यता नगरपालिकाले भने नगरसभा विधिसम्मत रूपमा सम्पन्न भएको र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आवश्यक छलफलपछि पारित गरिएको जनाएको छ। यसैबीच वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ता माथि पनि अन्य जनप्रतिनिधिबीच फाटो ल्याएर आफ्नो वडाको हितअनुकूल बजेट प्रभावित पारेको आरोप लागेको छ। बहिष्कारमा सहभागी वडा अध्यक्षहरूले गुप्ताले विगतमा पनि यस्तै भूमिका खेलेको दाबी गरेका छन्। यद्यपि गुप्ताले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै ती निराधार रहेको बताएका छन्।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि