nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

गिरिजानन्द साह गिरिजानन्द साह
असार १६, २०८३, ६:४८ मध्यान्ह
रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

सञ्जय मिश्रा/रौतहट/असार १६ गते। रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तियाका युवा कुस्ती खेलाडी त्रिलोकी प्रसाद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम खेलकुद क्षेत्रमा चम्काएका छन्। लगातारको मेहनत, अनुशासन र लगनशीलताले उनी रौतहटबाट अन्तर्राष्ट्रिय स्तरमा कुस्ती खेल्ने पहिलो खेलाडीका रूपमा परिचित बनेका छन्।

स्वर्गीय सन्तलाल राय यादवका नाति तथा रामनरेश प्रसाद यादवका छोरा त्रिलोकीले नेपालको प्रतिनिधित्व गर्दै कजाकिस्तानमा आयोजित काजाक कुरेस विश्व च्याम्पियनसिप, किर्गिस्तानमा सम्पन्न फ्रिस्टाइल रेस्लिङ एसियाली च्याम्पियनसिप, बेल्ट रेस्लिङ एसियाली च्याम्पियनसिप, पुनः कजाकिस्तानमा आयोजित काजाक कुरेस प्रतियोगिता तथा चीनमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनका यी सहभागिताले नेपाली कुस्तीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन समेत योगदान पुर्‍याएको छ।

राष्ट्रिय प्रतियोगितामा पनि त्रिलोकीको प्रदर्शन उत्तिकै प्रभावशाली रहेको छ। २०८३ असार ५ गते जनकपुरमा सम्पन्न राष्ट्रिय कुस्ती प्रतियोगिताको ९७ केजी तौल समूहमा स्वर्ण पदक जितेका उनले २०८३ असार १५ गते काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित रामवृक्ष राष्ट्रिय कुस्ती प्रतियोगितामा पनि सोही तौल समूहमा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेका छन्।

आफ्नो सफलताको श्रेय त्रिलोकीले परिवार, गुरु र साथीभाइलाई दिएका छन्। आमाबुबाको प्रेरणा, गुरुहरूको आशीर्वाद, साथीहरूको साथ तथा विशेषगरी दाइ बिके यादव र भाइ सुजित यादवको निरन्तर सहयोगले आफू यो स्थानसम्म आइपुगेको उनले बताए। साथै, प्रशिक्षणमा सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक, विभाग र शुभेच्छुकहरूप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

रौतहट प्रायः फुटबल, क्रिकेट र भलिबलका कारण चर्चामा रहने भए पनि त्रिलोकी यादवले कुस्तीजस्तो परम्परागत खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हासिल गरेर जिल्लाको खेल इतिहासमा नयाँ अध्याय थपेका छन्। आवश्यक प्रशिक्षण, आधुनिक पूर्वाधार र राज्यको उचित प्रोत्साहन प्राप्त भए उनी भविष्यमा नेपालका लागि दक्षिण एसियाली, एसियाली तथा विश्वस्तरीय प्रतियोगितामा पदक जित्ने सम्भावना बोकेका प्रतिभावान खेलाडीका रूपमा स्थापित हुन सक्ने खेलकर्मीहरूको विश्वास छ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि