सञ्जय मिश्रा/रौतहट/असार १४ गते। रौतहटको पूर्वी क्षेत्रस्थित गढीमाई नगरपालिका–१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा दिउँसो करिब ३ः२० बजे नुहाइरहेका स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव नदीमा डुबेका थिए। खोजीका क्रममा उनको शव फेला परेको थियो।
सोही घटनामा स्थानीय सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव पनि नदीमा बेपत्ता भएका थिए। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी सहायक निरीक्षक ९सई० मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।
खोजी अभियानकै क्रममा अपराह्न ३ः५४ बजे घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्यको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
दुवै बालकको शव आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





















Discussion about this post