nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

गिरिजानन्द साह गिरिजानन्द साह
असार ९, २०८३, ६:३३ मध्यान्ह
जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

धनुषा/असार ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गएको निर्वाचनमा पार्टी राजनीतिक रूपमा पराजित नभएको बताएका छन् । जसपा नेपालले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरू अहिले राष्ट्रिय बहसको केन्द्रमा पुगेकाले पार्टीको राजनीतिक एजेन्डा अझ सशक्त बनेको उनको दाबी छ । जनकपुरधाममा आयोजित धनुषा जिल्लाका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै यादवले संघीयता, समावेशिता, सीमान्तकृत तथा बहिष्कृत समुदायको अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दा जसपा नेपालले निरन्तर उठाउँदै आएको बताए । उनका अनुसार मधेस आन्दोलन र जसपाले उठाएका यिनै मुद्दाहरू आज देशव्यापी बहसको विषय बनेका छन्  ‘जसपा नेपालले उठाएका मुद्दाकै वरिपरि अहिले राष्ट्रिय राजनीति घुमिरहेको छ,’ उनले भने ।

यादवले वर्तमान संविधानमा धेरै सकारात्मक प्रावधान भए पनि केही गम्भीर त्रुटिहरू रहेको विषय जसपा नेपालले सबैभन्दा पहिले उठाएको स्मरण गराए । संविधानका सकारात्मक पक्षहरू जोगाउँदै आवश्यक संशोधनमार्फत कमजोरी सच्याउनुपर्ने उनको भनाइ थियो । उनले वर्तमान सरकारले जनताबाट संविधानका त्रुटि सच्याउने र सुशासन कायम गर्ने म्यान्डेट पाएको उल्लेख गर्दै ती विषयमा काम भए जसपा नेपालका एजेन्डा अघि बढ्ने बताए । तर सरकारले यी मुद्दा सम्बोधन गर्न नसके पार्टी पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

यादवले गएको निर्वाचनमा पार्टी आन्तरिक तथा बाह्य दुवै कारणले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गरे । उनले पार्टीलाई सुधार र पुनर्गठन गर्ने आवश्यकता औंल्याउँदै त्यसको सुरुवात नेतृत्वबाटै हुने बताए । ‘निर्वाचनमा पराजित भए पनि संघीयता, गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको बीचमा जाने जिम्मेवारी हामीसँग छ,’ उनले भने ।

कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले लोकतन्त्रमाथि चुनौती बढ्दै गएको बताए । उनले राजनीतिक नेतृत्वले समयमै सक्षम उत्तराधिकारी तयार गर्न नसक्दा लोकतान्त्रिक प्रणाली कमजोर बन्न पुगेको टिप्पणी गरे । भण्डारीले अब नेतृत्व हस्तान्तरणको समय आइसकेको भन्दै युवापुस्तालाई अगाडि ल्याउनुपर्नेमा जोड दिए । आफू पनि कार्यकर्ताको आग्रहमा मात्रै पछिल्लो निर्वाचनमा उम्मेदवार बनेको उल्लेख गर्दै अब नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने धारणा राखे । ‘अब हामी पदमा होइन, अभिभावकीय भूमिकामा रहन चाहन्छौँ। नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने ।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि