चितवन/असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को बन्द सत्र सुरू भएको छ।
तीन देखी चितवनमा जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका अनुसार २ बजेवाट बन्द सत्र सुरू हुने भनिए पनि केही ढिला गरी अहिले भर्खर बन्द सत्र सुरू भएको हो । तर, पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने देखिएका छैनन ।
हिजो बिहान नै सुरू गर्ने कार्यतालिका भए पनि प्रतिनिधि चयन तथा छनौटमा समस्या देखिए पछि सम्भव हुन सकेको थिएन् । तर, आज बिहान प्रतिनिधि छनौटको बिषय लगभग टुंगोमा पुगे पछि बन्द सत्र सुरू गरिएको हो ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन , उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिबेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गरिदैँछ ।
आजै साँझ ६ः ४५ बजेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।





















Discussion about this post