nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

गिरिजानन्द साह गिरिजानन्द साह
असार ७, २०८३, ७:२५ मध्यान्ह
रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

चितवन/असार ७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। उनले राजनीतिक दलभित्रको आलोचनात्मक चेतना र आन्तरिक उत्तरदायित्व नै संगठनलाई सही दिशामा अघि बढाउने आधार हुने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसले आफ्ना कमजोरीहरू सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाले त्यस्तो गल्ती दोहोर्‍याउन नहुने सुझाव दिए।

‘तपाईंहरूका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्‍यौँ, तपाईंहरूले नगर्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट राख्नुहोला,’ उनले भने।

थापाले रास्वपाले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय घटनामध्ये एक भएको उल्लेख गरे। चार वर्षको अवधिमा प्राप्त जनमतलाई उनले ‘लोभलाग्दो जनविश्वास’ को संज्ञा दिए।

‘यति छोटो समयमा यति ठूलो जनमत प्राप्त गर्नु सामान्य कुरा होइन। यो जनताको ठूलो अपेक्षा र विश्वासको संकेत हो,’ उनले भने।

तर, उनले इतिहासमा यस्ता अवसरहरू नेतृत्वको अहंकार, आन्तरिक द्वन्द्व र सत्तामोहका कारण गुमेका उदाहरणहरू रहेको स्मरण गराए। रास्वपाले पनि यस्ता कमजोरीबाट जोगिनुपर्ने उनको सुझाव थियो।

‘इतिहासमा पटक–पटक जनताले नयाँ शक्तिलाई अवसर दिएका छन्। तर नेतृत्वबीचको अहंकार, टकराव र सत्ताको उन्मादका कारण ती अवसरहरू दुर्घटनामा परेका छन्। रास्वपाको हकमा त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो शुभेच्छा हो,’ उनले भने।

महामन्त्री थापाले राजनीतिक प्रतिस्पर्धा स्वस्थ र रचनात्मक हुनुपर्नेमा जोड दिँदै कुनै दललाई कमजोर बनाएर आफूहरू बलियो बन्न नचाहेको स्पष्ट पारे।

‘हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौँ। हामी आफूलाई सुधारेर, राम्रो काम गरेर र जनताको विश्वास जितेर अगाडि बढ्न चाहन्छौँ,’ उनले भने।

संसदीय लोकतन्त्रको अभ्यासबारे चर्चा गर्दै थापाले विपक्षी दलको भूमिका केवल विरोधमा सीमित नहुने बताए। सरकारले गलत निर्णय गर्दा विरोध गर्ने र सही काम गर्दा समर्थन गर्ने लोकतान्त्रिक संस्कारलाई कांग्रेसले आत्मसात् गरेको उनको भनाइ थियो।

आफ्नो पार्टीप्रति आत्मालोचनात्मक टिप्पणी गर्दै थापाले विगतका वर्षहरूमा कांग्रेस सत्ता, गठबन्धन र चुनावी अंकगणितमा बढी केन्द्रित भएको स्वीकार गरे। उनले अहिले पार्टीभित्र सुधार, आत्मसमीक्षा र पुनःसंरचनाको आवश्यकता महसुस गरिएको बताए।

‘हामी अहिले अरूसँग भन्दा बढी आफ्नै कमजोरीसँग लडिरहेका छौँ। बाहिरको प्रतिस्पर्धाभन्दा पहिले घरभित्रको सुधार आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ,’ उनले भने।

थापाले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा, आत्मसुधार र जनताप्रतिको जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!