nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

गिरिजानन्द साह गिरिजानन्द साह
असार ७, २०८३, ७:२१ मध्यान्ह
रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

चितवन/असार ७ गते। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपालको वैकल्पिक राजनीतिको अगुवा शक्तिका रूपमा चित्रण गर्दै सुशासन र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनको भरतपुरमा सम्बोधन गर्दै भट्टराईले छोटो अवधिमै जनताको विश्वास जितेर रास्वपाले उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेको बताए।

‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो। यस सफलताका लागि म बधाई दिन्छु,’ उनले भने, ‘सुशासन र समृद्धिको प्रतिफल प्रत्येक नेपालीले अनुभूति गर्न पाओस् भन्ने मेरो शुभकामना छ।’

भट्टराईले आफूले लामो समयदेखि वैकल्पिक राजनीतिको आवश्यकता औँल्याउँदै आएको स्मरण गर्दै रास्वपाको उदयलाई त्यस अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

‘मैले करिब एक दशकदेखि वैकल्पिक राजनीतिको पक्षमा पैरवी गर्दै आएको छु। त्यस दृष्टिले हेर्दा, त्यो अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा नै हो भन्ने लाग्छ,’ उनले भने।

रास्वपाप्रति आफ्नो सकारात्मक धारणा व्यक्त गर्दा विभिन्न टिप्पणीहरू आउने गरेको उल्लेख गर्दै भट्टराईले आफू कुनै व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाले प्रेरित नभएको स्पष्ट पारे।

‘मैले यस्तो भन्दा कतिपयले ‘ललीपप देखाइएको छ’ भन्छन्। म जीवनको उत्तरार्धमा पुगेको मान्छे हुँ। टाउकोको मूल्य तोकिएको समय पनि भोगेँ, प्रधानमन्त्री पनि भइसकेँ। अब यो उमेरमा केको ललीपप खाने?,’ उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै कम्तीमा आगामी एक दशकसम्म स्थिर राजनीतिक वातावरण कायम हुनुपर्ने धारणा राखे। उनले नयाँ राजनीतिक शक्तिहरूले जनतामा देखिएको आशा जोगाउन जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।

रास्वपाभित्र देखिने नेतृत्वसम्बन्धी चर्चा र अड्कलबाजीप्रति संकेत गर्दै उनले पार्टीको भविष्य नेतृत्वबीचको एकता र सहकार्यमा निर्भर रहने बताए।

‘रवि ठूलो कि बालेन ठूलो भन्ने बहस हुन सक्छ तर तपाईंहरूको एकतामै रास्वपाको भविष्य सुरक्षित छ,’ उनले भने, ‘पार्टीभित्रको सहकार्य र एकताले नै आगामी पाँच वर्षको यात्रा निर्धारण गर्नेछ।’

भट्टराईले रास्वपाले जनताले दिएको विश्वासलाई संस्थागत गर्दै सुशासन, विकास र समृद्धिको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्न सके नेपाली राजनीतिमा दीर्घकालीन प्रभाव छोड्न सक्ने विश्वास समेत व्यक्त गरे।

 

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!