nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३, २०८३, ६:४९ मध्यान्ह
रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

सञ्जय मिश्रा/रौतहट/असार ३ गते । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गत जेठ महिनामा अवैध गतिविधि नियन्त्रणदेखि अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्म उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल को निर्देशन तथा मातहतका प्रहरी युनिटहरूको सक्रियतामा एक महिनाको अवधिमा १ करोड ४३ लाख ५८ हजार ९८५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतम द्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा तस्करीमा संलग्न एक जना व्यक्ति तथा तीन वटा सवारी साधन समेत नियन्त्रणमा लिइएको छ।

११९ वटा मुद्दा दर्ता

जेठ महिनाभर जिल्ला प्रहरी कार्यालयमा ११९ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी १३, आत्महत्या २६, चोरी २, संगठित तथा आर्थिक अपराध ३०, सामाजिक अपराध १७, महिला तथा बालबालिकासम्बन्धी १२, सवारी ज्यान ५ तथा अन्य १४ वटा रहेका छन्।

त्यसैगरी जघन्य तथा गम्भीर अपराधतर्फ 

कर्तव्य ज्यान १, हातहतियार १, बैंकिङ कसुर २४, हुण्डी १ र ठगी ५ गरी कुल ३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादी पक्राउ र जरिवाना असुली

प्रहरीका अनुसार जेठ महिनामा ६५४ वटा ठाडो उजुरी दर्ता भएकामध्ये ५३७ वटा फर्छ्योट भएका छन् भने ११७ वटा उजुरीमाथि अनुसन्धान जारी छ।

फैसला कार्यान्वयनतर्फ १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १० वर्ष ७ महिना १९ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३४ लाख ७३ हजार १२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणमा सक्रियता

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३ वटा मुद्दा दर्ता गरी ४ जनालाई पक्राउ गरिएको छ। यस क्रममा १८९ किलो ५५ ग्राम गाँजा तथा ६ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

घरेलु हिंसा र अनुचित लेनदेनका उजुरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १६० वटा उजुरी प्राप्त भएकोमा घरेलु हिंसासम्बन्धी ४२ उजुरी दर्ता भएका छन्। तीमध्ये ४३ वटा फर्छ्योट भइसकेका छन् भने ८ वटा घटनामाथि अनुसन्धान जारी रहेको छ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ७ वटा मुद्दा फर्छ्योट गर्दै पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ।

ट्राफिक कारबाहीबाट ९ लाखभन्दा बढी राजस्व

एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारी साधनलाई कारबाही गर्दा ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

उक्त अवधिमा जिल्लामा ८२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन्।

जनचेतना र सुरक्षा गस्तीमा पनि सक्रिय

प्रहरीले जेठ महिनाभर ९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ७१५ जनालाई प्रत्यक्ष लाभान्वित गरेको जनाएको छ। विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ६७५ विद्यार्थी सहभागी भएका थिए।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरीद्वारा ५८१ मोबाइल गस्ती, ४७१ पैदल गस्ती, १ हजार ग्रामीण गस्ती सहित कुल ६ हजार १२० वटा विभिन्न सुरक्षा गस्ती सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, अपराध अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि