nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

गिरिजानन्द साह गिरिजानन्द साह
असार २, २०८३, ५:४२ मध्यान्ह
प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

सञ्जय मिश्रा/रौतहट/२ असार । तराई–मधेशमा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवाका सयौं विद्यार्थी भने पंखाविहीन कक्षाकोठामा अध्ययन गर्न बाध्य छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून भएको कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको छ।

अत्यधिक गर्मीका बीच कक्षाकोठामा बस्न कठिन भए पनि विद्यार्थीहरू दैनिक रूपमा त्यही वातावरणमा पढ्न विवश छन्। विद्यालयमा बालशिक्षा देखि कक्षा ८ सम्म अध्ययनरत ५४२ विद्यार्थी छन्। तर, विद्यालयका १२ वटै कक्षाकोठामा पंखाको व्यवस्था छैन। चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङसमेत नगरिएकाले पंखा जडान गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ।

स्थानीय समाजसेवी वीरेन्द्र यादवका अनुसार गर्मीका कारण विद्यार्थी मात्र होइन, शिक्षक तथा कर्मचारीसमेत असहज वातावरणमा काम गर्न बाध्य छन्। चर्को तापक्रमका कारण कक्षाकोठाभित्र लामो समय बस्न समस्या हुने गरेको उनले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले समस्या उत्पन्न भएको हो। उनले विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको बताएका छन्।

“विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन। बजेट अभावका कारण वायरिङको काम अगाडि बढाउन सकेका छैनौं,” प्रधानाध्यापक महतोले भनेका छन्।
विद्यालयमा गर्मी र पूर्वाधार अभाव मात्र समस्या होइन, शिक्षकको चरम कमी पनि उत्तिकै गम्भीर देखिएको छ। ५४२ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक तहका अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्।

यस आधारमा एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ। सरकारी मापदण्डअनुसार मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था भए पनि विद्यालयमा आवश्यक दरबन्दीको ठूलो अभाव रहेको देखिन्छ।

शिक्षक कम हुँदा नियमित पठनपाठन, गृहकार्यको मूल्यांकन, विद्यार्थीको व्यक्तिगत सिकाइ अवस्थाको अनुगमन तथा कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्न कठिन भइरहेको प्रधानाध्यापक महतोको भनाइ छ। कक्षाकोठा व्यवस्थापनदेखि विषयगत शिक्षणसम्ममा प्रत्यक्ष असर परेको उनी बताउँछन्।

प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य पूर्वाधार सुधारका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरिएको भए पनि हालसम्म कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। “विद्यालयको वास्तविक आवश्यकता र समस्याबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौं। तर समाधानका लागि ठोस कदम चालिएको देखिएको छैन,” उनले गुनासो गरेका छन्।

गर्मीको चर्को मौसममा विद्यार्थीको स्वास्थ्य, सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको अवस्थामा विद्यालयका अभिभावक तथा स्थानीयवासीले तत्काल आवश्यक बजेट व्यवस्थापन गरी वायरिङ, पंखा जडान र शिक्षक थप गर्न नगरपालिका सँग माग गरेका छन्।

यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

१८ वर्ष कैद तोकिएपछि फरार अफरोज कलैयाबाट पक्राउ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ जना चालक ट्राफिक कारबाहीमा: मापसे गर्ने ६८ र तीव्र गतिका ४४ जना

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना : बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

प्रदेशलाई साक्षर बनाउन मधेश सरकारले ल्यायाे निर्देशिका

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि