असम, ३० जेठ । भारतीय वायुसेनाको बिमान दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। शनिबार बिहान १० बजे आसामको जोरहाटस्थित रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाइलट सहित ५ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जसमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका थिए। एक सह–पाइलट घाइते भएका थिए।
विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा सो दुर्घटना भएको जनाइएको छ । दुर्घटना पछि बिमानमा आगो लाग्यो र दुई भागमा विभाजित भयो। दुर्घटनामा परेको एन ३२ कार्गो विमान सेना र आपूर्ति ढुवानी गर्न प्रयोग गरिन्छ। दुर्घटनाको कारण खुलाइएको छैन्।
भारतीय वायुसेनाले विमान नियमित उडानमा रहेको बताएको छ र प्रारम्भिक नतिजा नआएसम्म कुनै पनि अनुमान नगर्न आग्रह गरेको छ।
भारतीय समाचार माध्यमका अनुसार भारतीय वायुसेनाले सेना, हतियार र सैन्य उपकरणहरू ढुवानीको भविष्यको आवश्यकताहरू पूरा गर्न आफ्नो पुरानो एन ३२ र आइएल ७६ कार्गो विमानहरूलाई नयाँ मध्यम यातायात विमानले प्रतिस्थापन गर्ने तयारी गरिरहेको छ।





















Discussion about this post