nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २६, २०८३, ७:४२ मध्यान्ह
साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

गिरिजानन्द साह/धनुषा/जेठ २६ गते। साथसाथ सिकाई सञ्जाल परियोजनाअन्तर्गत आयोजित सामाजिक परीक्षण (Social Audit) कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। शान्तिका लागि साझा अभियान (COCAP) को सहयोग तथा साथसाथ सिकाई सञ्जाल धनुषाको आयोजनामा सम्पन्न कार्यक्रमले परियोजनाको प्रभावकारिता, पारदर्शिता तथा जवाफदेहिताको समीक्षा गरेको छ।

कार्यक्रम साथसाथ सिकाई सञ्जाल धनुषाकी अध्यक्ष रिंकु कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको हो भने जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको सुरुवातमा पवित्रा कार्कीले शान्तिका लागि साझा अभियान (COCAP) को संस्थागत परिचय प्रस्तुत गर्दै संस्थाले नेपालमा शान्ति, मानवअधिकार, लोकतन्त्र तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको जानकारी गराउनुभयो। उहाँले विशेषगरी महिला मानवअधिकार रक्षकहरूको क्षमता अभिवृद्धि, संरक्षण, नेतृत्व विकास तथा सञ्जालीकरणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

त्यसैगरी गीता अधिकारीले परियोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया, उपलब्धि, चुनौती तथा वित्तीय तथा संस्थागत पक्षहरूबारे विस्तृत प्रस्तुतीकरण दिनुभयो। उहाँले प्रस्तुतीकरणमार्फत “साथसाथ सिकाई : मानवअधिकारको रक्षा र मानवअधिकार रक्षकहरूको संरक्षण” परियोजनाले मधेश प्रदेशका महिला मानवअधिकार रक्षकहरूको क्षमता विकास, संरक्षण संयन्त्रको सुदृढीकरण तथा नेटवर्क विस्तारमा सकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो।

प्रस्तुतीकरणका क्रममा परियोजनाअन्तर्गत सञ्चालन गरिएका विभिन्न गतिविधि, समुदायस्तरमा भएका हस्तक्षेप, सहभागीहरूको अनुभव तथा प्राप्त उपलब्धिहरूबारे समेत जानकारी गराइएको थियो। सहभागीहरूले परियोजनाले महिला तथा सीमान्तकृत समुदायका मानवअधिकार रक्षकहरूलाई सशक्त बनाउन सहयोग पुगेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर किशोरी साहले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता सामाजिक परीक्षण कार्यक्रम उपयोगी हुने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा नागरिक सहभागिता सुनिश्चित गर्न सामाजिक परीक्षण महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

सहभागीहरूले परियोजनाका उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा महिला मानवअधिकार रक्षकहरूको सुरक्षा, क्षमता विकास तथा अधिकार प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष रिंकु कुमारी शाहले सामाजिक परीक्षणमा प्राप्त सुझाव तथा सल्लाहलाई आगामी दिन गरिने कार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन।

उक्त सामाजिक परीक्षण कार्यक्रमले परियोजनाको प्रगति, उपलब्धि तथा चुनौतीबारे सरोकारवालाहरूलाई जानकारी गराउनुका साथै पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासको अभ्यासलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

सामाजिक परीक्षण कार्यक्रममा इन्सेक मधेश प्रदेशका राजु पासवान, फेडोका सिजेन्द्र सदा, विभिन्न सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी तथा साथसाथ सिकाई सञ्जाल धनुषाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Discussion about this post

Related Posts

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!