nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १६, २०८३, ७:५१ मध्यान्ह
जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

धनुषा/जेठ १६ गते । वर्षौंदेखि जीर्ण सडक, अव्यवस्थित नाला, फुटपाथको अभाव तथा वर्षायाममा हुने डुबान समस्याबाट प्रभावित जनकपुरधामलाई आधुनिक, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने लक्ष्यसहित ठूलो पूर्वाधार निर्माण अभियान सुरु गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको पहल तथा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित ‘अर्बन रेजिलियन्स एण्ड लिभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआईपी)’ अन्तर्गत १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लागतको सडक, नाला, फुटपाथ तथा सडक सौन्दर्यीकरणसम्बन्धी निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।

उपमहानगरपालिकाका अनुसार परियोजनाअन्तर्गत मुख्य तथा सहायक सडकको स्तरोन्नति, आधुनिक ढल तथा ड्रेनेज प्रणाली निर्माण, व्यवस्थित फुटपाथ, सडक सुरक्षा संरचना तथा रोड फर्निचर जडान गरिनेछ । यसले जनकपुरधामको शहरी पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । परियोजनामा अन्तर्राष्ट्रिय स्तरका निर्माण कम्पनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

बोलपत्रमा सहभागी कम्पनीको न्यूनतम वार्षिक कारोबार ९.४१७ मिलियन अमेरिकी डलर हुनुपर्ने, पर्याप्त वित्तीय क्षमता भएको तथा यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सम्पन्न गरेको अनुभव अनिवार्य गरिएको छ । साथै ०.१८८ मिलियन अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति ७ जुलाई २०२६ तोकिएको छ ।

उपमहानगरपालिकाका स्रोतका अनुसार हालको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको टेन्डरपछि करिब ५० करोड रुपैयाँको अर्को पूर्वाधार प्याकेजको बोलपत्र पनि छिट्टै आह्वान गरिने तयारी छ । यससँगै जनकपुरधाममा शहरी पूर्वाधार विकासका लागि दुई अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्रिने अनुमान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले परियोजनालाई शहरको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरेका छन् । उनका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय महत्व बोकेको जनकपुरधाम पूर्वाधार विकासको हिसाबले अझै धेरै चुनौतीसँग जुधिरहेको छ ।

उनले वर्षौंदेखि बिग्रिएका सडक, पैदल यात्रुका लागि सुरक्षित फुटपाथको अभाव तथा अव्यवस्थित नालाको समस्यालाई समाधान गर्ने उद्देश्यले निरन्तर पहल गरिएको र त्यसकै परिणामस्वरूप परियोजना कार्यान्वयनको चरणमा पुगेको बताए । मेयर साहका अनुसार परियोजनाको उद्देश्य सडक निर्माणमा मात्र सीमित नभई समग्र शहरी व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । सडकसँगै प्रभावकारी ड्रेनेज प्रणाली, पैदल यात्रुको सुविधा, सडक सुरक्षा तथा शहरी सौन्दर्यीकरणलाई समान प्राथमिकता दिइएको उनले बताए ।

परियोजनाको कार्यान्वयनमा पारदर्शिता, गुणस्तर र समयसीमालाई विशेष महत्व दिइने उनले स्पष्ट पारे। सार्वजनिक स्रोत र अन्तर्राष्ट्रिय साझेदारको लगानीबाट निर्माण हुने संरचनामा कुनै सम्झौता नगर्ने तथा गुणस्तरहीन काम, ढिलासुस्ती वा अनियमितता भए कडा निगरानी गरिने उनको भनाइ छ ।

हाल जनकपुरधामका अधिकांश सडक वर्षायाममा हिलाम्य हुने, सामान्य वर्षामा पनि पानी जम्ने तथा पैदल यात्रुहरूले सुरक्षित रूपमा आवतजावत गर्न नसक्ने समस्या झेलिरहेका छन् । मुख्य बजार क्षेत्र, धार्मिक स्थल आसपास तथा घना बस्ती भएका वडाहरूमा नाला र फुटपाथको अभावले सर्वसाधारणलाई दैनिक सास्ती हुने गरेको छ ।

स्थानीयवासीहरूले परियोजना प्रभावकारी रूपमा सम्पन्न भए यातायात व्यवस्थापन, सरसफाइ, व्यापारिक गतिविधि र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा रहेको जनकपुरधाममा आधुनिक पूर्वाधार निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । यद्यपि विगतका केही विकास निर्माण आयोजनामा ढिलासुस्ती, गुणस्तरसम्बन्धी प्रश्न तथा विभिन्न विवाद देखिएकाले यस परियोजनाप्रति उत्साहसँगै सतर्कता पनि रहेको छ ।

शहरी विकासका जानकारहरूका अनुसार यस्ता ठूला परियोजनाको सफलता बजेटको आकारले मात्र तय हुँदैन। निर्माणको गुणस्तर, निर्धारित समयभित्र काम सम्पन्न गर्ने क्षमता, प्रभावकारी अनुगमन, प्राविधिक मापदण्डको पालना तथा सरोकारवालाबीचको समन्वयले मात्र अपेक्षित परिणाम दिन सक्छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको जनकपुरधामलाई आधुनिक शहरी पूर्वाधारयुक्त शहरका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढाइएको यो परियोजना अहिले जनकपुरवासीका लागि आशाको केन्द्र बनेको छ । योजना सफलतापूर्वक कार्यान्वयन भए आगामी केही वर्षमै जनकपुरधामको सडक, नाला, फुटपाथ तथा समग्र शहरी व्यवस्थापनमा उल्लेखनीय परिवर्तन देख्न सकिने अपेक्षा गरिएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि