nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख २७, २०८३, ५:५२ मध्यान्ह
कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं /बैशाख २७ गते। सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ ।

भन्सार ऐन, २०८२ को दफा १३० ले दिएको अधिकार प्रयोग गरी बनाइएको यो नियमावलीले भन्सार प्रशासनलाई थप आधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउने लक्ष्य राखेको छ ।

पछिल्लो नियमावलीमा पुराना व्यवस्थाहरूमा परिमार्जन गर्नुका साथै व्यापार सहजीकरणका लागि कैयौँ नयाँ व्यवस्थाहरू थप गरिएको छ । नयाँ नियमावलीले मालवस्तु जाँचपास गर्दा ‘छनौट प्रणाली’ को व्यवस्था गरेको छ ।

यसअन्तर्गत वस्तुको जोखिम हेरेर हरियो, पहेँलो वा रातो मार्ग निर्धारण गरी जाँचपास गरिनेछ । कम जोखिम भएका मालवस्तुहरूलाई हरियो मार्गबाट तुरुन्तै छोडिनेछ भने उच्च जोखिम भएकाको मात्र विस्तृत भौतिक परीक्षण गरिनेछ । यसका लागि केन्द्रमा ‘जोखिम विश्लेषण समिति’ र कार्यालयहरूमा ‘जोखिम व्यवस्थापन इकाइ’ रहने व्यवस्था गरिएको छ ।

नयाँ नियमावलीमा अब विश्वसनीय व्यवसायीहरूलाई ‘आधिकारिक व्यावसायिक व्यक्ति’ का रूपमा सूचीकृत गर्ने नयाँ व्यवस्था छ ।

विगत तीन वर्षदेखि प्रचलित कानुनको पूर्ण पालना गरेका र चुस्त वित्तीय विवरण भएका व्यवसायीले यो मान्यता पाउनेछन् । यस्ता व्यवसायीलाई भन्सार परिसरमा छुट्टै क्षेत्र उपलब्ध गराइने र कार्यालय समयभन्दा अगाडि वा पछाडि पनि मालवस्तु जाँचपासको सुविधा दिइनेछ ।

नियमावलीमा व्यवसायीहरूलाई व्यापारमा सुनिश्चितता प्रदान गर्न ‘पूर्वादेश’ को नयाँ व्यवस्था गरिएको छ ।

अब पैठारीकर्ताले वस्तु आयात गर्नुभन्दा कम्तीमा ४५ दिन अगावै सो वस्तुको वर्गीकरण वा उत्पत्तिको विषयमा भन्सार विभागबाट आधिकारिक निर्णय माग गर्न सक्नेछन् । विभागले जारी गरेको यस्तो पूर्वादेश दुई वर्षसम्म मान्य हुनेछ ।

२०८३ को नियमावलीले वस्तुको भन्सार मूल्य निर्धारणका लागि कारोबार मूल्य, समरूपको वस्तु, मिल्दोजुल्दो वस्तु, घट्दो मूल्य र गणना मूल्य जस्ता विधिहरूलाई छुट्टाछुट्टै नियममा विस्तृत रूपमा व्याख्या गरेको छ । विभागले मूल्यको सत्यता जाँच गर्न विद्युतीय डाटाबेस विकास गरी प्रयोग गर्ने व्यवस्था समेत गरेको छ ।

भन्सारसँग सम्बन्धित सबै निकायका कामकारबाहीलाई एउटै प्लेटफर्ममा आबद्ध गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’ लाई नियमावलीमै समेटिएको छ । यसका लागि सचिवको संयोजकत्वमा एक समन्वय समिति रहने व्यवस्था गरिएको छ ।

नयाँ नियमावलीले निजी क्षेत्रलाई समेत भन्सार वेयरहाउस सञ्चालन गर्न दिने स्पष्ट प्रक्रिया तोकेको छ । साथै, भुलवश नेपाल आएका मालवस्तु फिर्ता पठाउने र द्रुत सेवा वा कुरियरबाट आउने साना नमुना वस्तुहरूमा महसुल छुट दिने सम्बन्धी व्यवस्थाहरूलाई थप परिष्कृत गरिएको छ ।

 

Tags: राष्ट्रिय

Discussion about this post

Related Posts

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि