धनुषा/बैशाख १ गते। नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा जनकपुरधाम जेसिजका एसाईन भिपी जेसी देवु बानियाँले नयाँ वर्ष २०८३ को पहिलो दिनमै जनकपुरधाम जेसिजको शाखा भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनले शाखाका बोर्डका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका थिए। कार्यक्रम जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी भवेश झाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव जेसी मनोहर ठाकुरले गरेका थिए।
कार्यक्रममा गोलबजार जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी राहुल साह, जनकपुरधाम जेसिजका ईभिपी अमरेन्द्र साह, रामसोगारथ साह,कानुनी सल्लाहकार दिपक यादव, मिडिया कोर्डिनेटर दिपक गुप्ता, आईटी कोर्डिनेटर गिरिजानन्द साह, पूर्व अध्यक्षहरू अजय कुमार प्रसाद,सुधिर पजियार, तुलसी पजियार, राजु साह लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भएका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी देवु बानियाँले युवाहरूलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सक्रिय सहभागितामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए। उनले जेसिजमार्फत युवाहरूलाई समाज परिवर्तनमा अग्रसर बनाउनुपर्नेमा समेत जोड दिएका छन्।




















Discussion about this post