nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०८२, ८:०३ मध्यान्ह
जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा/चैत २७ गते। राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। समाजमा विद्यमान लैङ्गिक असमानता तथा जन्मदरमा देखिएको छोरा–छोरीबीचको असन्तुलनलाई न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय महिला आयोग को आयोजनामा जनकपुरधाममा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति धनुषाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, तथा महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता आयोगकी सदस्य विद्या कुमारी सिन्हा ले गर्दै लैङ्गिक असमानता सुनिश्चित गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको बताइन्। उनले विशेषगरी मधेस प्रदेशमा अझै पनि छोरा प्राथमिकताको सोच गहिरो रूपमा रहेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्न नीतिगत, संरचनागत तथा व्यवहारगत सुधार आवश्यक रहेको औंल्याइन्।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय ले लैङ्गिक समानता केवल नारामा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले स्वास्थ्य क्षेत्रमा सुरक्षित मातृत्व, बालिका जन्मदरको संरक्षण, र लिङ्ग पहिचानका आधारमा हुने विभेद नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। साथै, उनले स्थानीय तहसँग समन्वय गर्दै जनचेतना अभिवृद्धि र सेवा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमार्फत लैङ्गिक विभेद र भ्रूण लिङ्ग पहिचान जस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न प्रशासन प्रतिबद्ध रहेको धारणा राखे। उनले स्थानीय तहहरूबीच समन्वय अभिवृद्धि गर्दै महिला सशक्तीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

अन्तरक्रियाका क्रममा ओसीएमसी का प्रतिनिधिले लैङ्गिक हिंसाबाट प्रभावित महिलाहरूका लागि उपलब्ध सेवा, परामर्श, उपचार तथा कानुनी सहयोगका विषयमा जानकारी गराएका थिए।

अन्तरक्रियामा विशेषगरी महिला तथा बालबालिकासँग सम्बन्धित विविध समस्याहरूको गहन छलफल गरिएको थियो। सहभागीहरूले घरेलु हिंसा, बालविवाह, लैङ्गिक विभेद, महिला हिंसा, दाइजो प्रथा, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, बालबालिकाको संरक्षण अभाव, मानव बेचबिखन तथा श्रम शोषणजस्ता समस्याहरू अझै पनि समाजमा विद्यमान रहेको औंल्याएका थिए। यस्ता समस्याहरू समाधान गर्न कानुनी कार्यान्वयन कडा बनाउनुपर्ने, जनचेतना अभिवृद्धि गर्नुपर्ने तथा स्थानीय तहबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमका क्रममा राष्ट्रिय महिला आयोग ले हालसम्म गरेका गतिविधि तथा उपलब्धिहरूको स्लाइड प्रस्तुतीकरण समेत गरिएको थियो। प्रस्तुतिमा महिला अधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, बाल अधिकार प्रवर्द्धन तथा सामाजिक व्यवहार परिवर्तनका लागि सञ्चालन गरिएका कार्यक्रमहरूबारे जानकारी दिइएको थियो।

प्रमुख अतिथि मन्त्री रायले महिला तथा बालबालिकाको सुरक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले विभिन्न योजना अघि बढाइरहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। अध्यक्ष सिन्हाले समाजमा व्याप्त सोच परिवर्तन बिना लैङ्गिक समानता सम्भव नहुने भन्दै सबै सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइन्।

कार्यक्रममा सहभागीहरूले महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ–संस्थाहरूबीच समन्वय अभिवृद्धि गर्नुपर्ने, सेवा पहुँचलाई गाउँस्तरसम्म विस्तार गर्नुपर्ने, तथा सञ्चार माध्यममार्फत सकारात्मक सन्देश प्रवाहलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले लैङ्गिक असमानता प्रवर्द्धनका साथै महिला तथा बालबालिकासँग सम्बन्धित समस्याहरू समाधानका लागि साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

उपत्यकाका सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक हप्ताको समयः २५ हजारको राहतमा असन्तुष्टि

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!