धनुषा/चैत १६ गते । नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवसको अवसरमा धनुषा शाखाले आज जनकपुरधाममा प्रभातफेरी आयोजना गरी मनाएको छ।
महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको प्रभातफेरी राम चोक, सोनरपट्टी हुँदै जानकी मन्दिर, जनक चोक लगायतका क्षेत्र परिक्रमा गर्दै पुनः कार्यालयमा पुगेर प्रभात सभामा परिणत भएको थियो।
प्रभातफेरीको समापन गर्दै धनुषा शाखाका अध्यक्ष पुरन साह ले पत्रकारहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै एकजुट भए मात्र पत्रकारिताको सम्मान र गरिमा अझ मजबुत हुने बताए। उनले पेशागत हकहित संरक्षणका लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, पूर्वअध्यक्ष उमेश साह, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, अशोक रौनियार, मधेश प्रदेश उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सचिव हदिश खुद्दार लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै, धनुषा शाखाका अध्यक्ष पुरन साह, उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा, सह–सचिव गोविन्द महतोसहित प्रवीण साह, उपेन्द्र भगत नागवंशी, धर्वेन्द्र झा, नवीन सिंह, चाँदनी झा, माला राय, कुलदीप दास, राहुल सिंह, सपना कर्ण, लक्ष्मी चौधरी, संतोष कर्ण, कमल साह, नविन प्रियदर्शी, कमलेश ठाकुर, सुरेश झा, अमरकान्त ठाकुर, प्रवेश साह, गिरिजानन्द साह लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।














Discussion about this post