nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. ९ को शानदार जित, वडा नं. ४ प्रतियोगिताबाट बाहिर

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १५, २०८२, ७:०७ मध्यान्ह
यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको खेलमा वडा नं. ९ को शानदार जित, वडा नं. ४ प्रतियोगिताबाट बाहिर

धनुषा/गिरिजानन्द साह/चैत १५ गते। जनकपुरधाममा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. ४ लाई ४ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। यस हारसँगै वडा नं. ४ प्रतियोगिताबाट बाहिरिएको छ भने वडा नं. ९ ले आफ्नो यात्रा अगाडि बढाएको छ।

दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा दर्शकहरूले निकै रोमाञ्चक क्रिकेटको आनन्द लिएका थिए। खेलमा टस वडा नं. ४ ले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङका लागि मैदान उत्रिएको वडा नं. ४ ले सुरुवात राम्रो गरे पनि अन्तिमतिर लय कायम राख्न नसक्दा अपेक्षाकृत मध्यम स्कोरमै सीमित रह्यो। खेलमा वडा न.- ४ ले खेलमा जम्मा ९४ रन मात्र बनाउनु सफल भएको थियो। टोलीका प्रमुख ब्याट्सम्यान प्रशान्त ठाकुरले ५३ रन (४२ बल) को शानदार अर्धशतकीय पारी खेले भने अशोक झाले २० रन (२७ बल) योगदान दिए।

वडा नं. ९ का बलरहरूले अनुशासित प्रदर्शन गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउन दिएनन्। बलिङतर्फ रवि शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने अरविन्द रायले पनि २ विकेट आफ्नो नाममा दर्ज गराए। उनीहरूको उत्कृष्ट बलिङले खेल वडा नं. ९ को पक्षमा मोडिएको थियो।

९५ रनको मध्यम लक्ष्य पछ्याउन मैदान उत्रिएको वडा नं. ९ ले सुरुवात केही दबाबमा खेले पनि मध्यक्रमका ब्याट्सम्यानहरूले जिम्मेवारीपूर्वक खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराए। वडा न.-९ ले ६ विकेट गुमाउँदै ९५ रन बनाउन सफल भयो। खेलमा अरविन्द रायले २७ रन (२८ बल) को महत्वपूर्ण पारी खेले भने जयमन्दारले २६ रन (३६ बल) जोड्दै टोलीको जित सुनिश्चित गरे। अन्य ब्याट्सम्यानहरूले पनि सानो–सानो योगदान दिँदै लक्ष्य पूरा गर्न सहयोग पुर्‍याए।

यता वडा नं. ४ का बलरहरूले पनि राम्रो संघर्ष गरेका थिए। आशिषले ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे भने शिवमले २ विकेट हात पारे। तर, उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।
खेलको समग्र प्रदर्शनका आधारमा वडा नं. ९ का अरविन्द रायलाई “म्यान अफ द म्याच” घोषित गरिएको थियो। उनले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट योगदान दिएका थिए। उक्त पुरस्कार अफिसियल अम्पायर प्रकाश घिमिरेद्वारा प्रदान गरिएको थियो। यस जितसँगै वडा नं. ९ प्रतियोगितामा थप आत्मविश्वासका साथ अगाडि बढेको छ भने वडा नं. ४ प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!