धनुषा/चैत १४ गते । बालेन शाह प्रधानमन्त्री बनेको खुसीयालीमा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत मधेश प्रदेश RAT विभाग समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
मधेश प्रदेशका RAT विभाग प्रमुख अम्भु प्रसाद साहले “रक्तदान जीवन दान” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन्। उनले रक्तदानले आपतकालीन अवस्थामा बिरामीहरूको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको जानकारी आयोजकले दिएको छ।
आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले समाजमा मानव सेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





















Discussion about this post