nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २५, २०८२, ४:३४ मध्यान्ह
पर्सामा एक हजार ९० अस्थायी मतदाता

सर्लाही/फागुन २५ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । यहाँ जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन्।

क्षेत्र नं १ मा निवर्तमान सांसद्सहित २८ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शम्भुलाल श्रेष्ठ बाहेक सबैको जमानत भएको हो । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा सात हजार ३८५ मत प्राप्त गर्नुपर्ने थियो । तर, यस क्षेत्रमा दुई जना बाहेक अन्य उम्मेदवारले १० प्रतिशत थ्रेसहोल्ड कटाउनु सकेका छैनन्।

यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार निवर्तमान प्रतिनिधिसभा सदस्य राम प्रकाश चौधरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पूर्व सांसद प्रमोद साह, नेकपा ९एमाले०का उम्मेदवार ईश्वरपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका मनोजकुमार देवकोटासहित २८ जनाको जमानत जफत भएको हो ।

निवर्तमान सांसद चौधरीले तीन हजार ९९१, पूर्व सांसद साहले पाँच हजार ४९८ र पूर्व मेयर देवकोटाले ६ हजार १०१ मत मात्र प्राप्त गरे। कूल एक लाख ३० हजार ८७१ मतमध्ये ६०।५३ प्रतिशत अर्थात ७९ हजार २०७ मत खसेको थियो । त्यसमध्ये ७३ हजार ८४२ मत सदर भएको थियो ।

यस्तै क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन् । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने छ । सम्पन्न मतगणनाको परिणाम अनुसार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेका हुन्।्
्
ृृउनले कूल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सकेनन् । सर्लाही २ मा निकटतम प्रतिस्पर्धी रहेएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वमन्त्री महेन्द्रराय यादव भने आठ हजार ५२३ मत प्राप्त गरी जमानत जोगाउन सफल भए । यस क्षेत्रमा कूल एक लाख २५ हजार ३११ मतको ६२.०८ प्रतिशत अर्थात ७७ हजार ७८९ मत खसेको थियो । त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ ।

यस्तै सर्लाही ३ मा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको मात्र जमानत जोगिएको छ । ३४ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जनाको जमानत जफत हुने अवस्था आएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए। १९ जना स्वतन्त्रसहित ३२ जनाले कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्नु भएको हो ।

कूल एक लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८२ हजार १०८ मत खसेको थियो । त्यसमध्ये ७७ हजार ८३८ मत सदर र चार हजार २६८ मत बदर भएको छ । यस क्षेत्रमा जमानत सुरक्षित गर्न कम्तीमा सात हजार ७८४ मत ल्याउँनुपर्नेमा पूर्व गृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे।

यहाँ नेकपा एमालेका उम्मेदवार पूर्व रक्षामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतको जमानत जफत भएको हो ।

यसैगरी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अमनिसकुमार यादव बाहेक सबै जनाको जमानत जफत भएको छ । ३८ जनाको उम्मेदवारी परेको यहाँ कांग्रेस सभापति थापा र नेकपा एमालेका उम्मेदवार यादवले मात्र जमानत जोगाउनु भएको हो । २३ जना स्वतन्त्रसहित ३५ जना उम्मेदवारको भने जमानत बापतको रकम गुमेको छ ।

यस क्षेत्रमा ३५ जना उम्मेदवारले जमानत जोगाउन आवश्यक सात हजार ३३७ मतसमेत प्राप्त गर्न सक्नुभएन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी हुनुभएको यस क्षेत्रमा कूल एक लाख २१ हजार १२ जना मतदातामध्ये ७७ हजार ९३१ जनाले मत खसालेका थिए । त्यसमध्ये ७३ हजार ३६२ मत सदर भएको थियो, भने, चार हजार ५६९ मत बदर भएको छ ।

यहाँ कांग्रेसका उम्मेदवार एवम् निकटतम प्रतिस्पर्धी सभापति थापाले २२ हजार ८३१ र तेस्रो भएका एमालेका यादवले नौ हजार ३४३ मत प्राप्त गर्दै जमानत जोगाएको हो । यहाँ नेपाली कम्युनिष्ट पार्टीका डा रजनिशराय, पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादव लगायतको भने जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ ।

यस पटक जिल्लाका चार वटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको सङ्ख्या ह्वात्तै बढेको हो ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि