फागुन २४ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार कुल ७१ हजार २०३ मत गणना हुँदा चौधरीले २८ हजार ९४६ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अनिल झाले ८ हजार ५७४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल भने ७ हजार ६६९ मतसहित चौथो स्थानमा सीमित भएका छन्। यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार योगेन्द्र यादवले ६ हजार ८४६ मत प्राप्त गरेका छन्।





















Discussion about this post