फागुन २४ गते। प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत पाए भने यस क्षेत्रका निवर्तमान सांसद एवं पूर्व रक्षामन्त्री हरि उप्रेतीले ५ हजार ७ सय ७६ मत प्राप्त गरेका छन्।
साहले श्रेष्ठसँग ३३ हजार ५ सय ५२ मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेको क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।














Discussion about this post