nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निर्वाचनमा सक्रिय अनुगमन र खबरदारी आवश्यक : पुर्व आयुक्त प्याकुरेल

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०८२, ९:०२ मध्यान्ह
निर्वाचनमा सक्रिय अनुगमन र खबरदारी आवश्यक : पुर्व आयुक्त प्याकुरेल

धनुषा/फागुन १६ गते। राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै पक्षको सक्रिय अनुगमन र खबरदारी आवश्यक रहेको बताएको छ ।

डीसीएको आर्थिक सहयोगमा इन्सेक मधेस प्रदेश र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा फागुन १५ गते जनकपुरधाममा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले निर्वाच स्वच्छ, निश्पक्ष, सुरक्षित र भयरहित बनाउन मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।

निर्वाचन र मानव अधिकारसँग सम्बन्धित विषयमा सरोकारबाला पक्षहरुसँग निर्धक्क रुपमा प्रश्न गर्न उहाँले सुझाव दिएका छ्न ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले हामी सबैको सामूहिक प्रयासले आसन्न निर्वाचन स्वच्छ र भयरहित बातावरणमा सम्पन्न गराउन सहयोगी हुने बताउनु भयो । जेनजी आन्दोलन पश्चात आपत्तकालिन अवस्थामा निर्वाचन हुन गइरहेको कारण संवेदनशील बातावरणमा नागरिकको मताधिकार सुनिश्चिताका लागी हरेक तबरबाट सहकार्य गर्न आवश्यक भएको तर्फ उहाँले जोड दिनुका छन ।

मधेश प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रोमबहादुर महतले प्रदेशभरी निर्वाचनका लागी ७ हजार भन्दा बढि कर्मचारी खटाइएको बताए । तथापि निर्वाचनको निश्पक्षताको सवालमा निर्वाचन कार्यालयको एक्लो भूमिका प्रयाप्त नभएको भन्दै सबै निकाय, सुरक्षा संयन्त्र, सञ्चारकर्मी तथा पर्यवेक्षक र आमनागरिकको सकारात्मक पहल आवश्यक रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचार संहिता अनुगमन अधिकृत कृष्ण गैह्रेले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन सबै पक्षले निर्वाचन आचार संहिता पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छ्न । जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घनका हालसम्म ३१ ओटा उजुरी आएको मध्ये २९ ओटा फर्छौट गरी सकिएको बताउदै उहाँले शान्ति–सुरक्षा सुदृढ बनाइने र मतदातालाई सुरक्षित वातावरण सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

पर्यवेक्षकहरूले कुनै पनि दलको प्रचारप्रसारमा संलग्न नहुन, भ्रामक सुचना नफैलाउन र परिचयपत्र स्पष्ट देखिने गरी राख्न उहाँले आग्रह गरेका छ्न ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख तथा सहसचिव बुद्धनारायण साहनीले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित निकाय मात्र नभई आम नागरिक पनि उत्तिकै जिम्मेवार हुनु पर्नेे बताउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व भएको र मानव अधिकार आयोग निर्वाचन अवधिभर प्रभावकारी अनुगमनमा सक्रिय रहने जानकारी दिएका छ्न ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी लगायतले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गराउने उद्देश्यका साथ दिनरात खटिएको बताउँदै निरन्तर अनुगमन र निगरानी गरीरहेको बताए । निर्वाचनको पूर्वाधमा होली पर्व रहेकोले यस वर्षको होली मदिरा सेवन नगरिकन मनाउन समेत उहाँले आग्रह गर्दै अनुचित गतिविधिमा संलग्न व्यक्तिहरूप्रति विशेष निगरानी गरिएको बताएका छ्न ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले अधिकाँश उम्मेदवारहरूले निर्वाचन आचार संहिताको उल्लङ्न गरेको देखिएको भन्दै सम्बन्धित निकायलाई जानकारी गराए पनि कुनै किसिमको कानुनी कारबाही गरेको नदेखिएको बताएका छ्न ।

गैर सरकारी संस्था महासंघका सचिव रामचन्द्र साहले राजनीति दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता खुलेआम उल्लङ्घन गरिरहेकोले निर्वाचन आचार संहिता कडाईका साथ पालना गराउन सम्बन्धित निकायको ध्यान जान आश्वयक रहेको बताएका छ्न ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सामाजिक सञ्जालमार्फत मतदातालाई इक्सपोज गरिरहेकोले मतदाता असुरक्षित भएको हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएका छ्न ।

महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशका अध्यक्ष तथा अधिवक्ता रेखा झाले निर्वाचनमा खटिएका पर्यवेक्षक र मतदाताको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छ्न । मानव अधिकारकर्मी विनोद महराले छोटो अवधिमा घोषणा गरिएको निर्वाचनले अधिकाँश दलित तथा विपन्न समुदायका व्यक्तिहरुले मतदाता परिचयपत्र बनाउन नसकेको हुँदा निर्वाचनको घोषणा हुनु अगावै गाउँ गाउँमा मतदाता परिचय पत्रका लागि टोलीहरु खटाउनुपर्नेमा जोड दिएका छ्न ।

मानव अधिकार एलायन्सका प्रदेश अध्यक्ष अनिल कुमार तिवारीले निर्वाचन आचार संहिता विपरित स्कुले बालबालिकाको प्रयोग भइरहेको र शिक्षकसमेत निर्वाचन प्रचार प्रसारमा लागेको हुँदा कडाइका साथ निर्वाचन आचार संहिता लागु गर्नु पर्नेमा उहाँले जोड दिए ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, पर्यवेक्षक तथा सञ्चारकर्मीहरुले निर्वाचन आचार संहिताको परिधिभित्र रहेर लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन सुरक्षित, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सबैले आ—आफ्नो स्तरबाट दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!