सिरहा/फागुन १२ गते। जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का अध्यक्षसमेत रहेका दनुवार आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई नेकपाबाट सिरहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक ‘अभिनास’ ले स्वागत गरेका थिए । नेकपाका नेताहरु नेता रामचन्द्र ठाकुर, शक्ति वाईबा, प्रकाश अधिकारीलगायतले दनुवारलाई पार्टीमा स्वागत गरेका थिए ।














Discussion about this post